ताजा खबर

ताङतिङमा बृहत गाउँसभा सम्पन्न, अब गाउँलेले बाँझो खेतमा एकीकृत कृषि र पशुपालन गर्ने

   १२ भाद्र २०७७, शुक्रबार १८:१४      1,642 views

ताङतिङमा बृहत गाउँसभा सम्पन्न भएको छ । सभाले अब गाउँमा अब एकीकृत कृषि तथा सामुदायिक पशुपालन सामुदायिक परियोजना संचालन गर्ने निर्णय गरेको छ ।

मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को प्रमुख आतिथ्यमा भएको गाउँ भेलाले अबताङतिङमा विभिन्न कृषि परियोजनाहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

मादी २ का वडा अध्यक्ष एकजङ गुरुङको अध्यक्षतामा भएको ताङतिङ गाउँको बृहत गाउँ सभाले ताङतिङमा रहेको विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत उपस्थित भई विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

भेलाले ताङतिङ गाउँदेखि उत्तर पूर्वमा रहेको पुरानो आलुबारी पुरानो साउरादेखि खोला क्लीसम्मको बाँझो जग्गामा विभिन्न एकीकृत कृषि र पशुपालन गर्नका लागि ताङतिङ बहुउद्देश्यीय कृषि तथा पशुपालन कम्पनी दर्ता गरी सञ्चालन गर्न सुरजकुमार गुरुङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हिमालय मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षाप्रेमी प्रकाश गुुरुङले जानकारी दिनुभयो ।

साथै ताङतिङमा हाल सञ्चालन भइरहेको होटेल, होमस्टे, रेष्टुरेन्ट राति ११ बजेपछि सञ्चालन गर्न नपाउने र गाउँमा स्वच्छ र मर्यादित वातावरण कायम गर्न जुवातास र अन्य अमर्यादित क्रियाकलाप पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

उक्त बृहत गाउँ सभाको कार्यक्रम सञ्चालन बुद्धिजीवी तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुमानधोज गुरुङले गर्नुुभएकोे थियो ।

कार्यक्रममा मादी गाउँपालिकाको कार्यपालिका बोर्ड सदस्य कल्पना गुरुङले स्वागत गर्दै अब कोरोनाले विश्व नै आक्रान्त भएकोे बेला सबै सुरक्षित भई एकीकृत कृषि मार्फत आय आर्जनमा सबै लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

मादी गाउँपालिकाको प्रमुख तथा गाउँ सभाको प्रमुख अतिथि वेदबहादुर गुरुङले (श्याम)ले सबै गाउँबासी र विश्वभरि छरेर रहेका ताङतिङेहरु मिलेर पुँजीलाई एकीकृत गरेर बृहत कृषि तथा पशुपालन व्यवसायमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

एकीकृत कृषि तथा पशुपालनको माध्यमबाट गाउँमा आर्थिक विकास हुने भन्दै उहाँले कोभिड १९ ले अहिले धेरैले रोजगार गुमाएको र ग्रामीण पर्यटन पनि ठप्प भएकोे अवस्थामा गाउँमा रहेको बाँझो खेतहरुमा बृहत् कृषि र पशुपालनमा आधुनिक तबरले उत्पादनमा लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

अब युवाहरुले सक्रिय भएर लाग्नुपर्ने र बृहत् कृषि र पशुपालनबाट गाउँमा रोजगारको पनि सिर्जना हुने बताउनुभयो । यो परियोजना सञ्चालनको लागि मादी गाउँपालिका र सरकारी स्तरबाट पनि आवश्यक सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

मादी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष एकजङ गुरुङले कार्यक्रमको समापन गर्दै ताङतिङ गाउँमा मादी गाउँपालिका र अन्य प्रदेश केन्द्रबाट सम्पन्न भएकोे योजनाहरुबारे जानकारी गराउनुभयो ।

अब सबै मिलेर उत्पादनमूलक काममा लाग्नु पर्ने, गाउँलाई शान्ति, समृद्धि, पर्यटन, गाउँ बनाउन, आमा समूह, युवा, बुद्धिजीवी मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

1 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284