ताजा खबर

ताङतिङ गाउँको पर्यटकीय प्रचार गर्ने उद्देश्यले तयार पारिएको पुस्तक र पोष्टर सार्वजानिक

   १२ आश्विन २०७७, सोमबार १७:५७      1,718 views

कास्कीको मादी गाउँपाकिला वडा नं. २ मा रहेको पर्यटकीय गाउँ ताङतिङको थप प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको पुस्तक, पम्प्लेट, म्याप र पोष्ट एक कार्यक्रमका बीच सुन्दर नगरी पोखराको फेवाताल किनारमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजानिक गर्नुभएको छ ।

४१औं विश्व पर्यटन दिवसको अवसर पारेर सो सामग्रीहरु सार्वजनिक गरिएको मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले जानकारी दिनुभयो ।

गुरुङ संस्कृति, परम्परागत रीतिरिवाज, तमू भाषा र टिपिकल ग्रामीण जीवन शैलीका कारण यसअघि पनि कयौं पटक अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार भईसकेको ताङतिङ गाउँले यसपटक प्रिन्ट मिडिय मार्फत गाउँका विभिन्न पक्षलाई समेटेर सो सामग्री तयार पारेको ताङतिङ गाउँका पर्यटन अभियन्त प्रकाश गुरुङले जानकारी दिनुभयो ।

पुस्तकमा ताङतिङको होमस्टेमा उपलब्ध गाउँले खानाका परिकार, ताङतिङमा उत्पादित राडी, भाङग्रा, बख्खु लगायत पछिल्लो समय फूल खेतीबाट चर्चा कमाएको ताङतिङले फूलखेतीले गाउँमा ल्याएको परिवर्तित जीवनशैलीलाई देखाइएको छ ।

समुन्द्री सतहबाट १ हजार ६ सय ६० मिटरको उचाईमा रहेको ताङतिङमा पर्यटकका लागि आवसगृह होमस्टे र होटलहरु खुलेपछि र यातायातको सहज पहुँच पुगेपछि दैनिक सयौं अन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्दै आएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284