
ताङतिङ दुधपोखरी तमु समाजको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा सु.मे.बिरधोज तमु चयन
पोखरा स्थित ताङतिङ दुधपोखरी तमु समाज पोखराको ३८औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आज पोखरामा सम्पन्न भएको छ । अधिवेशनले सु.मे.बिरधोज तमुलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।

साथै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्रमाया तमुस्यो, प्रथम उपाध्यक्षमा कुमारी तमुस्यो, द्धतिय उपाध्यक्षमा सु.मन्त्रीजंङ तमु, सचिवमा क्या.मन्त्रीजंङ तमु, सह सचिवमा पमबहादुर तमु र कोषाध्यक्षमा डम्मरजंङ तमु, सह कोषाध्यक्षमा प्रेमप्रसाद तमुलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा सिरशोभा तमुस्यो, ईन्द्रकुमारी तमुस्यो, फुलकासी तमुस्यो, रुपबहादुर तमु, बालकुमारी तमुस्यो, क्या. तेजबहादुर तमु, पसबहादुर तमु, केसु तमुस्यो, डिलबहादुर तमु (डिलु), दिलबहादुर तमु, हेमबहादुर तमु, सु. मनबहादुर तमु र क्या. भक्तराज तमुलाई चयन गरेको छ ।

अधिवेशनको यसअघि गण्डकी प्रदेशका सांसद माननीय वेदबहादुर गुरुङ (श्याम) ले उदघाटन गर्नुभएको थियो ।
उस्तै खबर





Awesome https://lc.cx/xjXBQT
Written by Jada2935 2025-04-25 16:38:00