ताजा खबर

तिम्रो र मेरो प्रेम (कविता)

   १ जेष्ठ २०७७, बिहीबार १६:२१      3,559 views

विष्णु गुरुङ “एकता” पोखरा

म हरेक बिहान् तिमीलाई भेट्न आउँछु
तिम्रो निस्वार्थिपनसँग माया गाँस्छु
तिम्रो निश्चालतासँग कुरा गर्छु
मनभरिको वेदना पनि तिमीलाई नै सुनाउँछु

तिमीले दिएको स्वस्छ अक्सिजन
पेटभरी लिन्छु
तिम्रो सुन्दरतालाई नियाँली राख्छु
तिम्रो धैर्यता देखेर आफूलाई शान्त गर्छु
तिम्रो अदृष्य रंगसँग मजा लिन्छु

तर
मान्छेहरुले तिम्रो निर्मलताको
फाईदा मात्र लिईरहेको छ
अनि म
तिमीमाथि भएको अन्याय
टुलुटुलु हेरि मात्र रहेछु

देखेर पनि नदेखे झैँ गर्छु
किनकि म परे स्वार्थि मानिस
तिमीले जस्तो त्याग गर्न सक्दिन

सधै आफ्नै लागि बाँच्ने
आफैलाई कहिल्यै नपुग्ने
सबै कुरा आफैलाई मात्र चाहिने
फेरी पनि कहिले कहीँ
तिमीले देखाएको बाटो
हिड्न मन लाग्छ

सबै त्यागेर आफैमा अनन्त हुनमन लाग्छ
हेर्छु तिमीलाई
फेरी भेटने वाचा गर्दै म आफ्नै बाटो लाग्छु

फेरी साँझपख
मन तलतल हुन्छ
तिमीले मलाई पर्खिरहे जस्तो लाग्छ
त्यसैले तिमीलाई भेट्न फेरी आउँछु
म आईपुग्दा तिमी कहिले
सूर्यास्तको किरणसँगै चम्किरहको देख्छु
कहिले बादलसँग लुकामारी गरिरहेको देख्छु

त्यो हेरेर
स्वार्थि मनहरु रमाईरहेका हुन्छन्
जब गोधुली साँझसँगै तिमी
विस्तारै अधेरिमा चम्किञ्छौ
वैज्ञानिक चमत्कारको
झिलिमिली लाईटहरुको प्रदर्शनीसँगै
तिमी पनि व्यस्त भैरहेकी हुन्छ्यौ

तिम्रो त्यो बहुरुपी सौदर्यताको आनन्द
सबैले लिईरहेका हुन्छन्
र मैले पनि

म धित मरुन्जेल तिमीलाई हेरिरहन्छु
स्तब्ध हुन्छु तिम्रो शालीनता देखेर
अपनत्व लाग्छ तिम्रो निस्वार्थतासँग
ईष्र्या जाग्छ तिम्रो स्वछन्ततामा

फेरी म निर्लज्जतापुर्वक तिम्रो
फाईदा लिइरहेकी हुन्छ
तिमी कति धन्य छौ
अन्याय सहेर पनि मुस्कुराई रहन्छौ

म सबथोक पाएर पनि दुःखी हुन्छु
हामी दुईमा आकाश धर्तिको फरक छ
फेरी पनि तिम्रो र मेरो प्रेम
यति गाढा छ

सत्य यही होकि
तिमी निस्वार्थ प्रकृति हौ
दिन मात्र जानेकी छौ
म स्वार्थि मानिस हुँ
लिन मात्र जानेको छु

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284