ताजा खबर

तिम्ल्याहा शिशुहरुलाई सहयोग आउने क्रम जारी, क्होला परिवार याङजाकोटद्धारा १० हजार प्रदान

   २ भाद्र २०७६, सोमबार ०९:१७      1,421 views

कास्कीको मादी गाउँपालिका वडा नं ३ याङजाकोट निवासी तिम्ल्याहा शिशुहरुलाई क्होला परिवार याङजाकोट नगद १० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाभित्र नै दुर्लभ सन्तानको रुपमा जन्मिएको नवजात शिशुहरुलाई उनीहरुको पालन पोषणमा सहयोग पुगोस भनेर परिवारले सहयोग गरेको परिवारका अध्यक्ष जेमप्रसाद गुरुङले बताउनुभयो ।


गत साउन १४ गते ६३ वर्षिय चन्द्रमान गुरुङकी श्रीमती पुष्पा गुरुङले तीन सन्तानलाई एकसाथ जन्म दिएकी हुन ।

क्होला परिवारका अध्यक्ष जेमप्रसाद गुरुङ, पूर्व अध्यक्ष दुतरास गुरुङ, उपाध्यक्ष क्या.श्यामबहादुर गुरुङ, सचिव क्या.घनबहादुर गुरुङ, कोषाध्यक्ष श्याम गुरुङ, सह सचिव तिलु गुरुङ, सदस्य राजबहादुर गुरुङ लगायतको उपस्थितीमा सो आर्थिक सहयोग प्रदान गरिएको हो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284