तीन वर्षदेखि अलपत्र रहेको गोर्खा स्मारकको निर्माण कार्य अब तिव्र गतिमा अघि बढने
स्याङजाको फेदीखोला गाउँपालिका वडा नं १ मा पर्ने साल्मेडाँडामा विगत लामो समयदेखि निर्माणको क्रममा रहेको गोर्खा स्मारकको काम अब तिव्र गतिमा अघि बढने भएको छ ।
निर्माण शुरुभएको ७ वर्ष भन्दा बढी समय भएपनि पटकपटक विवाद र आर्थिक अभाव खेपेको परियोजना तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । अब भने यो परियोजनाले मुर्त रुप लिने आज पोखरामा गोर्खा स्मारक ट्रष्टको नव निर्वाचित कार्य समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङको नेतृत्वमा भव्य तामझामका साथ शुरु गरिएको सो महत्वकांक्षी परियोजना सम्पन्न नहुँदै स्वयं अध्यक्ष नै पटकपटक आर्थिक अनियमितताको विवादमा मुछिएपछि योजना बीचैमा अलपत्र परेको थियो ।
हालै गोर्खा स्मारक ट्रष्ट निर्माण समितिमा डब्लु ओटु जंगबहादुर गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चुनिएको छ । जसको उपाध्यक्षमा आनबहादुर गुरुङ, सचिवमा प्राध्यपक डा.चन्द्रबहादुर गुरुङ, कोषाध्यक्षमा रत्ना भट्टचन, सह–सचिवमा जंगबहादुर गुरुङ तथा सदस्यहरुमा पुरनध्वज गुरुङ, लालकुमारी गुरुङ, गजेन्द्र गुरुङ, खरीकुमारी गुरुङ, राजकुमार गुरुङ र जसबहादुर गुरुङ रहनुभएको छ ।
अघिल्लो समितिले सन् २०१७ को ३१ जनवरीबाट अलपत्र छोडेको निर्माण कार्य अब आफूहरुको नेतृत्वले सम्पन्न गर्ने नवनिर्वाचित अध्यक्ष जंगबहादुर गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो । आफूले जे गर्छ त्यो मात्रै बोल्ने र जे बोल्छ त्यो मात्रै गर्ने भन्दै गोर्खा स्मारकको अधुरो काम आफनो टिमले पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै समितिका सचिव प्रा.डा.चन्द्रबहादुर गुरुङले गोर्खा स्मारकको लागि शुरुदेखि हालसम्म करिब २० करोड रकम संकलन भएकोमा ३ करोडको मात्रै काम देखिएको भन्दै बाँकी हिसाब किताब अघिल्लो समितिसँग आफूहरुले खोज्ने बताउनुभयो ।
गोर्खा स्मारकभित्र जातिय पहिचान झल्किने घरहरु, गोर्खा समाधि, गोर्खा टावर लगायत ५ वटा ठूला परियोजनाहरु निर्माण हुनेछ । अब जनस्तरमा सहयोग जुटाउने नभई नेपाल सरकारको आर्थिक सहयोगमा आफूहरुले बाँकी काम सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिँदै यसवर्ष नेपाल सरकारबाट स्मारकको लागि ५ करोड रकम विनियोजन भएको समेत बताइएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09