ताजा खबर

थुम्कीस्थित शिवालय माविमा चित्रकला प्रशिक्षण

   २३ जेष्ठ २०७६, बिहीबार १६:१०      2,492 views

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा चित्रकलासम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

राइट फर चिल्ड्रेन नामक गैरसरकारी संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई युवा कलाकार रविन परियारले प्रशिक्षण दिएका थिए । आयल पेस्टल कलरको प्रयोग गरी विद्यार्थीहरुलाई विभिन्न सिनेरीसम्बन्धी कला सिकाइएको थियो । छनोट भएका १६ जना विद्यार्थीलाई सो प्रशिक्षणमा सहभागी गराइएको थियो ।


सो अवसरमा राइट फर चिल्ड्रेनकी फोकल पर्सन केशु भुजेलले बाल अधिकारसम्बन्धी अभिमुखीकरण गरेकी थिइन् । प्रशिक्षणमा विद्यालयका चित्रकला फोकल पर्सन ऋषिराम ओझाको समेत सहभागिता रहेको थियो । यसै बीच विद्यालयले नियमित रुपमा चित्रकला कक्षा सञ्चालन गर्ने विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284