ताजा खबर

थुम्की स्थित शिवालय माविको ६१ औ वार्षिकोत्सवमा ५ जनालाई वर्ष सम्मान

   २२ पुष २०७८, बिहीबार १७:५२      886 views

पोखरा
कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयकी शिक्षिका रस्मिला खनाल, पूर्व विद्यार्थी तथा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक मनबहादुर भुजेल, पूर्व विद्यार्थी तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य दुर्गाबहादुर विक र पूर्व प्रधानाध्यापक रोशनलाल गुरुङ रहेका थिए ।

सोही कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी टीकाराम सुवेदीले आफ्ना माता र पिता सरस्वती सुवेदी र दण्डापाणि सुवेदीको स्मृतिमा ३ लाख रुपैयाँ तथा पूर्व विद्यार्थी डा. नारायण ओझाले आफ्ना माता र पिता डिलकुमारी ओझा र विश्वनाथ ओझाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पूर्व गृहमन्त्री खगराज अधिकारीले शैक्षिक क्षेत्रमा राजनीति हावी हुन नहुने तर्क गरे । शिक्षक, विद्यार्थी र अभिभावक जिम्मेवार भए मात्रै शैक्षिक उद्देश्य हासिल हुने भन्दै अधिकारीले शिक्षकलाई जुनीभर कुलतमा लाग्ने छुट नभएकोमा जोड दिए ।


रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपाले शैक्षिक उन्नयका लागि सधैँ प्रयत्न गरिरहेको र सो प्रयत्नको प्रतिफल शिवालयले देखाएकोमा खुसी व्यक्त गरे । ‘हामीले खोजेको शैक्षिक विकास यस्तै हो’ शिवालय माविप्रति इङ्गित गर्दै ओझाले भने, ‘यसरी नै लगावका साथ विद्यालय प्रशासन र व्यवस्थापनले कार्य गर्ने हो भने शैक्षिक परिवर्तन सम्भव छ ।’ प्रविधिमैत्री सिकाइका लागि शिवालयले गरेको प्रयास अनुकरणीय रहेको ओझाको भनाइ थियो ।


शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले शिवालयका असल अभ्यासहरू अन्य विद्यालयमा जाँदा पनि उदाहरणका रूपमा प्रस्तुत गर्न सकिने बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले विद्यालयको व्यवस्थापकीय पक्षबाट गरिएका प्रयासहरूबारे जानकारी दिँदै विद्यार्थीको हितका लागि अनेकौँ योजनाहरू सञ्चालन गरिएको बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284