
दाजु गुरुङको टाँकीका फूलहरु माथि पोखरामा परिचर्चा
डायस्पोरिक कथाकार उपेन्द्र गुरुङ (दाजु गुरुङ) द्धारा लिखित कथा संग्रह टाँकीका फूलहरुको पोखरा विमोचन एवम् परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठान आयोजक र हङकङ साहित्यिक साझा श्रङ्खला सह आयोजकको रुपमा रहेको कार्यक्रममा समिक्षकद्धय पत्रकार तथा साहित्यकार फडिन्द्र अकिञ्चन र लक्ष्मी थापाले समिक्षा गर्नुभएको थियो ।
पुस्तकको समिक्षा गर्दै समिक्षक फडिन्द्र अकिञ्चनले पुस्तकमा भएको सबै कथामा स्वयम लेखक आफै उपस्थित रहेको र कथा नेपाली जनजीवनको यथार्थतामा केन्द्रित रहेको भन्दै यसले नेपाली कथा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । साथै उहाँले लेखकलाई अब चाँडै अन्य फूलहरुको साथमा पनि आउन आग्रह गर्नुभयो ।

अर्का समिक्षक लक्ष्मी थापाले कथा उत्तम पुरुष शैलीमा लेखिएको सशक्त कथा रहेको भन्दै सबै नेपाललीले भोग्दै आएको जनजीवनमा यो कथाहरु मेल खाने बताउनुभयो । कथामा अझै नारी पात्रलाई दरिलो रुपमा उठाउन र विदेशमा सीप सिकेपछि फर्केर स्वदेशमा केहि गर्नका लागि सबैलाई प्रेरित गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले पूर्वको एक जना स्रष्टाले लेखेको पुस्तक पोखरामा चर्चा परिचर्चा हुनु आफैमा महत्वपूर्ण कुरा भएको भन्दै अझ यो कथा प्रवासमा बसेर लेखिएकोले यसले झनै महत्व राख्ने बताउनुभयो ।
नेपालीहरु संसारको जुनसुकै कुनामा गएतापनि आफनो कला साहित्य र संस्कृति पनि सँगै लिएर जानु र संसारभर नेपालीपनको प्रचार गर्नु प्रवासमा रहेका नेपालीहरुको एकदमै राम्रो पक्ष रहेको उहाँको भनाई छ ।
टाँकीका फूलहरु मार्फत छोटो समयमै देश विदेशका नेपाली माझ चर्चित भईसक्नु भएका कथाकार दाजु गुरुङलाई अझै उत्कष्ट कृति बजारमा ल्याउने उर्जा मिलोस् भनी शुभकामना दिनुभयो ।
टाँकीका फूलहरुमा १७ वटा कथाहरु समावेश रहेका छन भने कथाको हालसम्म तेस्रो संस्करण बजारमा आईसकेको छ ।
पूर्वी नेपालको संखुवासभामा जन्मिएर लामो समयसम्म पूर्वाञ्चल क्याम्पसमा प्राध्यपन गर्नुभएका दाजु गुरुङ पछिल्लो समय भने हङकङलाई कर्म थलो बनाउँदै आउनुभएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमूले सञ्चालन गर्नुभएको थियो ।
उस्तै खबर





https://shorturl.fm/TDuGJ
Written by Breanna790 2025-05-31 17:28:32