
दियालो कृषि सहकारी संस्थाको आठौं साधारण सभा सम्पन्न
दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै दियालो कृषि सहकारीका संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार भेषराज बास्तोलाले छोटो समयमा नै सहकारीले फड्को मारेकोमा खुशी व्यक्त गरे ।
‘जुन उद्देश्यका साथ कृषि सहकारी संस्था स्थापना गरिएको थियो त्यो उद्देश्य अनुरुप नै संस्था अगाडि बढेको छ’, उनले भने,‘अझै कृषिमा लगानी बढाउँदै शेयर सदस्यहरुलाई रोजगारीको सृजना गर्दै कास्की जिल्लामा नमुना कृषि सहकारीको रुपमा चिनाउनु पर्दछ ।’
सल्लाहकार होतराज त्रिपाठीले आफ्नै संस्थामा कारोवार गर्ने वानीको विकास गरेमा संस्था मजवुद हुने बताए । अर्का सल्लाहकार केशवरण पौडेलले संस्थाले नाम अनुसरको काम गरेको भन्दै खुशी व्यक्त गरे ।
सल्लाहकार प्रकाशचन्द्र सापकोटाले संस्थाले गरेको प्रगति प्रति खुशि व्यक्त गर्दै शेयर सदस्यहरुलाई रोजगारमुखि कार्यक्रम ल्याउनका लागि आग्रह गरे ।
कार्यक्रममा शेयर सदस्य राजेन्द्रप्रसाद बास्तोला, रामचन्द्र त्रिपाठी, वसन्तराज त्रिपाठी, कृष्णमाया दाहालले बोलेका थिए ।
कार्यक्रममा सचिव प्रकाश त्रिपाठी ‘व्यथिथ’ कोषाध्यक्ष पार्वती बास्तोला पौडेल, लेखा समिति संयोजक राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुलप्रसाद त्रिपाठीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पूँजी २ करोड ५९ लाख ६८ हजार, निक्षेप संकलन २ करोड १६ हजार ८० र ऋण लगानी ४ करोड २० लाख २२ हजार ७ सय १ रहेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38