ताजा खबर

दुधपोखरीको दर्शनसँगै बैठक बस्न मादी गाउँपालिकाको टिम लेकाली क्षेत्रतिर प्रस्थान

   १५ श्रावण २०७७, बिहीबार २०:००      1,379 views

कास्कीको मादी गाउँपालिकाको टिम पवित्र धार्मिक स्थल दुधपोखरीतिर लागेको छ ।

आगामी साउन १९ गते जनै पूर्णिमाको दिन पवित्र तीर्थ स्थलको दर्शनसँगै गाउँपालिकाका जनप्रतिनिधिलाई उक्त क्षेत्रको ऐतिहासिक र पुरात्वातिक महत्वका बारेमा जानकारी गराउन र गाउँपालिका कार्यपालिकाको बैठक पनि सोहि स्थानमा बस्ने योजना अनुरुप पालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को नेतृत्वका १२ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, प्राविधिक तथा अन्य सदस्यहरु गरि ३५ जनाको टिम आज मादी २ ताङतिङ हुँदै त्यसतर्फ प्रथान गरेको हो ।

कास्की, लमजुङ र मनाङको संगम स्थलमा पर्ने दुधपोखरी ४ हजार ४ सय मिटरको उचारमा रहेको प्रसिद्ध धार्मिक स्थल हो । जहाँ हरेक वर्ष जनै पूर्णिमाको अवसरमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने छ ।


दुध पोखरीमा स्नान गरेर पूजा पाठ गर्नाले मनोकांक्षा सिद्ध हुने जनविश्वास रहेको छ ।
वर्षाताको समय झरी पर्ने र लेक लाग्ने समस्यले गर्दा दुध पोखरीसम्मको यात्रा निकै कठिन मानिन्छ । यहाँ हरेक वर्ष जनै पूर्णेमा कास्की, लमजुङ, मनाङ र अन्य छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरु दर्शन गर्न पुग्ने गर्छन् ।


ताङतिङबाट करिब ३ दिनको पैदल यात्रामा क्रपु, चौरो, तोप्रो र गुरुङ जातिको ऐतिहासिक थलो क्होला सोंथरको सेरोफेरो हुँदै थुर्चु लेक दुधपोखरी वेस क्याममा पुग्न सकिन्छ ।

यसपटक मादी गाउँपालिकाले आफनो क्षेत्रको महत्वपूर्ण स्थानको पहिचान गर्न र दुधपोखरीको दर्शन गर्दै कार्यपालिकाको ५२औं बैठक समेत भदौ १९ गते दुध पोखरीमा आयोजना गर्ने मादी २ का वडा अध्यक्ष एकजंङ गुरुङले जानकारी दिनुभयो ।


यसअघि पनि गाउँपालिकाले क्होला सोंथर, क्हपुचे हिमताल लगायतको महत्वपूर्ण स्थानमा गएर बैठक बसी विभिन्न निर्णयहरु गरी कार्यन्वयन गर्दै आएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284