दोश्रो गार्डेन कपमा मंगलबार ६ खेल सम्पन्न
दोश्रो गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिता अन्र्तगत मंगलबार पहिलो चरणका विभिन्न ६ खेलहरु सम्पन्न भएका छन् ।
गार्डेन युवा क्लवको आयोजनामा पोखराको मणिपाल शिक्षण अस्ताल खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार ड्यामसाइड, ब्रदरहुड, रन्जन मेमोरियल, त्रिशक्ति ‘ए’ र ‘बि’ तथा एलजी एशोसिएसनले जित हाँसिल गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।
ड्यामसाइडले आयोजक गार्डेन एफसीलाई २–० गोलले पराजित गरेको हो । ड्यामसाइडको जितमा अशोक गुरुङ्ग र गोविन थापाले एक एक गोल गरे । अर्को खेलमा ब्रदरहुडले मणिपाल शिक्षण अस्पतालको टोलीलाई २–० ले पराजित ग¥र्यो ।
ब्रदरहुडको तर्फबाट बिमल मगर र इश्वर गुरुङ्गले समान एक एक गोल गरे । त्यस्तै, त्रिशक्ति युथ क्लवको ‘ए’ टिमले योङ्ग स्टार क्लवलाई २–० कै नजितमा पराजित गर्दा मनिष थापा र प्रतिक श्रेष्ठले एक एक गोल आफ्नों नाम गराए ।
त्रिशक्ति ‘बि’ ले ब्रदर्श युनिटिमाथि ५–१ को फराकिलो जित निकाल्यो भने एलजी एशोसिएसनले फुलबारी क्लवलाई ३–१ गोलले पराजित गर्दै अर्को चरणमा आफ्नों स्थान सुरक्षित पा¥यो ।
खेलमा एलजीका चिन्तामणी तामाङ्गले २ तथा विजय गुरुङ्गले १ गोल गरेका थिए । प्रतियोगितामा बुधबारपनि पहिलो चरणकै खेल जारी रहने प्रतियोगिता संयोजक संयोजक सन्तोष कार्कीले जानकारी दिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09