ताजा खबर

धादिङमा पास्नीको भोज खाँदा ३७ जना बिरामी

   १४ असार २०७६, शनिबार १२:१५      1,139 views

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ चिसापानीमा पास्नीको भोज खादाँ ३७ जना बिरामी परेका छन् ।

स्थानीय बाबुलाल मिजारको नातिनीको असार १२ गते गरिएको पास्नीको भोज खादाँ सोही दिनको बेलुकाबाट बिरामी पर्न थालेका थिए ।

निको नभएपछि केहीलाई गाउँमै उपचार गराइएको छ भने केही गजुरीमा ल्याइएको छ ।

रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २३ जनालाई गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याई उपचार भइरहेको छ भने १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मी बोलाएर उपचार भइरहेको गजुरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रारामचन्द्र मिजारले जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284