
नयाँवर्षमा हिमाली साँस्कृतिक परिवारको शुभकामना आदान प्रदान
हुम तमू
कार्यक्रम यस्तो होस, जुन भव्य, सभ्य र उत्कृष्ठ तोकिएको समयमै शुरु होस, भनिएकै समयमै समापन पनि। कार्यक्रमका सहभागीहरु आसन ग्रहण र भाषण प्रतियोगिताले दिक्दार कोही नबनुन्।हेरि रहुँ जस्तो, सुनि रहुँ जस्तो, खोजेको मान्छेहरुको पुर्नमिलन जस्तो।लोक संस्कृति र विकाशका लागि स्थापित एवम क्रियाशील हिमाली सास्कृतिक परिवारले खोजे जस्तै कार्यक्रम प्रस्तुत गर्यो।

नेपाली नयाँबर्ष २०७६ साल आगमनको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम हिमाली साँस्कृतिक परिवारले यस्तै रुपले प्रस्तुत गर्यो।उसो त, यस भन्दा अघि पनि समयमा सटिक र भव्य कार्यक्रम गर्ने संस्था भनेर आफ्नो पहिचान बनाइसकेकै हो हिमालीले।

कार्यक्रमस्थल पोखरा महानगरपालिका वडा नं. १० रामबजार, बिरेन्द्रचोकस्थित भँमरकोट पार्टी प्यालेसमा बिहान आयोजित कार्यक्रमको निम्ता पत्रमा भने झै प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय मनबहादुर गुरुङ लगायत आमन्त्रितहरु उपस्थिती।

पोखराका विशिष्ट व्यक्तित्वहरुको जमघट बनेको कार्यक्रम प्रारम्भ तोकिएको समय अनुसार नै घडीको सुईसँगै सचिव श्रीजंग गुरुङले कार्यक्रम शुरु गर्नुभयो, नववर्ष २०७६ आगमनको अवसरमा हिमाली साँस्कृतिक परिवारद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम।परिवारको अध्यक्ष मेनकाजी गुरुङलाई अध्यक्षता र प्रमुख अतिथि सांसद मनबहादुर गुरुङलाई प्रमुख आमन्त्रित व्यक्तित्वको आसन ग्रहण,सहभागीहरुलाई यथास्थानमा आसन ग्रहणको सबैले सिको गर्नुपर्ने सम्मान।

कार्यक्रममा एक्लो वक्ता, प्रमुख अतिथि सांसद मनबहादुर गुरुङले पनि शुभकामना छोटकरीमा व्यक्त गर्नुभयो। उहाँले नयाँबवर्षको शुभकामना व्यक्त गर्नुहुदै हिमाली साँस्कृतिक परिवारको गर्बिलो इतिहास, भुमिका र गरिमाको उच्च सम्मान गर्नुहुदै प्रदेश कै महत्वपुर्ण संस्थाको भएको बताउनुभयो।

राज्यले ध्यान दिन नसकेको नेपाली लोक सस्कृतिको संरक्षण र विकासका हिमालीको योगदान आफुले चर्चा गर्नु मुर्खता हुने बताउनुभयो। उहाँले भन्नुभयो, साँस्कृतिक विविधताको मुलुकमा जातजाति, कला, सँस्कृति, सँस्कार, प्रतिभाहरुको उचित सम्मान हुनुपर्दछ, अझ लोक संस्कृतिले धनी यस प्रदेशको समृद्धिका लागि लोक सँस्कृति विकास गर्न सके मात्रै नेपाल समृद्ध एवम सुन्दर बन्नेछ भन्नुहुदै शुभकामना लेखिएको व्यानर खोलेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नेपालको विविधता लोकसाँस्कृतिक पहिचान झल्कने पुर्व प्रदेश नं.१ को धान नाच(चण्डी), प्रदेश नं.२को झिझिया, प्रदेश नं. ३ को नेवारी, प्रदेश नं. ४(गण्डकी) को कौडा, प्रदेश नं.५ को टप्पा, प्रदेश नं. ६(कर्णाली) को देउडा, प्रदेश नं. ७ को छलिया नृत्य प्रस्तुतीसँगै विविधतामा एकता स्वरुप “कोही पुर्व, कोही पश्चिम घर” राष्ट्रिय गीतमा सामुहिक प्रस्तुतिसहित साँस्कृतिक शुभकामना व्यक्त गरिएको थियो।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26