ताजा खबर

नवौ पोखरा महोत्सव पुस २७ देखी महोत्सव अवधिभर पचभैयामा निर्माणधिन चिडियाखाना अवलकनको अवसर

   ४ पुष २०७५, बुधबार ०७:०६      2,887 views

 स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढेको युनाइटेड क्लवको नवौ संस्करणको पोखरा महोत्सव पुस २७ देखी हुने भएको छ । अमरसिंह माविको खेल मैदानमा पुस २७ देखी माघ ८ सम्म आयोजना हुने महोत्सव अवधिभर कास्कीको लेखनाथमा निर्माणाधिन चिडियाखाना अवलोकन गराइने भएको छ ।

महोत्सव आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी नवौ संस्करणको पोखरा महोत्सव अवधिभर क्लवको पहलमा लेखनाथमा निर्माणाधिन चिडियाखाना अवलोकनको ब्यवस्था गरिने जानकारी दिइएको हो । स्थापना कालदखी पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लवले हाल सम्म लेखनाथमा निर्माणधिन चिडियाखानामा ४५ लाख ८५ हजार प्रदान गरी निर्माण काम तीब्र रुपमा अगाडी वढिरहेकाले महोत्सवमा आउने दर्शकहरुलाई क्लवको गतिविधीलाई प्रत्यक्ष रुपमा नियाल्ने उद्देश्यका साथ यो पटक चिडियाखाना अवलोकनको ब्यवस्था मिलाइएको क्लवका अध्यक्ष लालकाजी गुरुले वताए । क्लवको पहलकदमीमा कास्कीको लेखनाथ पचभैया स्थित तीनवटा सामुदायिक बनमा वि सं २०७२ साल साउन १५ गते तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीलृ सिलान्यास गरी निर्माण सुरु भएको चिडियाखानामा हाल बन्यजन्तु उद्धार केन्द्र स्थापना भइसकेको र त्यहा गण्डकी प्रदेशमा घाइते अवस्थामा भेटिएका विभिन्न बन्यजन्तुहरु राखिएकोे छ । पचभैया, चपापानी चिसाकुना र चैनपुर  सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर भु भागमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखानामा हाल मृगस्थली, बाघ राख्ने खोर निर्माण सम्पन्न भइसकेको र पांचवटा अन्य पशुपंक्षी राख्ने खोरहरु नर्माण कार्य जारी रहेको र गण्डकी प्रदेश सरकारले समेत साढे एक करोड रकम विनियोजन गरी कामहरु अगाडी वढिरहेकाले महोत्सवमा आउने दर्शक जो चिडियाखानाको अवलोकन गर्न चाहन्छन तिनीहरुलाई बसको ब्यवस्थागरी महोत्सव स्थलबाट लैजाने र ल्याउने ब्यवस्था मिलाइएको अध्यक्ष गुरुङले वताए ।  चिडियाखानाको अवलोकन संगै महोत्सव अवधिभर विभिन्न जातजातीका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ सस्थाहरुको वारेमा जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको जानकारी , सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला र बाल उद्यानका गतिविधीहरु सञ्चालन हुने महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले वताए ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुसाको  संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको बिकास गरी मुलुकलाई समृटि तिर पु¥याउनुका साथै बिकसित सुचना प्रविधीको जानकारी सर्वसाधरण सम्म पु¥याउन, आन्तरिक तथा बाह्य मुलुकमा उत्पादित बस्तुको बजार सहजीकरण गराउन सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग संगै मुलुकलाई आर्थिक चलायमान गराई रोजगार सृजना गराइ क्षेत्रगत विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले वताए । त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, कोमल वली, रामजी खांड, राधिका हमाल, प्रीति आले, ज्योती मगर, राजु गुरुङ, प्रकाश सपुत, राजन गुरुङ, कुलेन्द्र विश्वकर्मा, जीवन दाहाल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छनभने राष्ट्रिय तथा  अन्तराष्ट्रिय ब्याण्डहरु दीपक बज्राचार्य एण्ड द रिदम ब्याण्ड, पुष्पान प्रधान, लाहुरे, द एक्स, सविन राइ एण्ड द फेरो, भीटेन, मेलिना राई, तीर्सना गुरुङ, द एज ब्याण्ड, सुशान्त केसी र लोकल ब्याण्डहरुको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सव अवधिभर हास्य ब्याङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता, झाकी प्रतियोगिता र विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने वताउदै श्रेष्ठले महोत्सवमा सुरक्षाको उचित प्रबन्धको ब्यवस्था गरिएको छभने पार्किङ, शौचालन, निशुल्क वाइफाइ, प्राथमिक उपचार सहित एम्बुलेन्सको ब्यवस्था गरिएको छभने अग्नि, चट्याङ, भुकम्प, हुरिबतास, हुलदङ्गाले हुन सक्ने क्षतीलाई मध्येनजर गरी बीमाको समेत ब्यवस्था गरिएको वताए । २ सय ५० वटा स्टल रहने महोत्सवमा दुई लाख देखी दुइ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छभने १ करोड २६ लाख १० हजार अनुमानित आम्दानी र ८७ लाख ५० हजार खर्च गरी ३८ लाख ६० हजार वचत गर्ने अनुमान आयोजकले गरेको छ । महोत्सवमा सर्वसाधरणलाई ८० र बिद्यार्थीलाई ६० रुपैया टिकटदर कायम गरिएको छभने अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, पत्रकार र सुरक्षा निकायलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ । 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284