ताजा खबर

नामार्जुङ हाइड्रो पावरमा कार्यरत इन्जिनियर अमित पन्त मादी २ को क्युरो खोलामा मृत भेटिए

   ३० श्रावण २०७७, शुक्रबार २०:५६      3,616 views

कास्कीको मादी गाउँपालिका वडा नं. २ सेतीखोलामा रहेको नामार्जुङ हाइड्रो पावरमा कार्यरत सिभिल इन्जिनियर अमित पन्त मृत अवस्थामा भेटिनु भएको छ ।

शुक्रबार मादी २ को घ्याम्राङ बेँसी क्युरो खोलाको ढुङ्गामा अड्केको अवस्थामा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता शुवास हमालले जानकारी दिनुभयो ।


हमालका अनुसार पन्त हिजो हाइड्रोको अफिसबाट खाजा खान भनि निस्किएका थिए । गोरखाको पालुङटार नगरपालिका घर भएका पन्त विगत दुई वर्षदेखि उक्त हाइड्रोमा काम गर्दै आउनु भएको थियो ।

घटनाको बारेमा अनुसन्धान भइरहेकोले विस्तृत जानकारी पछि सार्वजानिक गरिने कास्की प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284