ताजा खबर

“नेपालको अस्तित्व जोगाउन सबै जाति समुदाय एकढिक्का हुनु जरुरी छ”– पूर्व मन्त्री पुनमगर

   २५ आश्विन २०८२, शनिबार १७:५७      320 views

नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको २९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । संघको आप्mनै भवन रामघाट पोखरामा सम्पन्न भएको साधारण सभाको उद्घाटन पूर्व मन्त्री एवं नेपाल मगर संघ केन्द्रिय समितिका संरक्षक उत्तम पुन मगरले गरेका थिए ।

सभाको उद्घाटन गर्दै पुनले देश अहिले संकटको घडीमा रहेकोले यो संकटलाई पार गर्नको लागि मगर समुदाय एकजुट भई राष्ट्र बचाउ अभियानमा लाग्नु आग्रह गरे । “जेनजी आन्दोलन पछिको यो समयमा राष्ट्र नै रहला या नरहला भन्ने अवस्थामा गुज्रिरहेको हुनाले अब राष्ट्र बचाउनको लागि कुनै जाति र पार्टी नभनीकन राष्ट्रियता र नेपालीको अस्तित्व जोगाउनको लागि सबै जाति समुदाय एकढिक्का हुनु जरुरी छ” उनले भने ।
उनले समय परिवर्तन सँगै मगर समुदायमा विद्यामान प्रथाजन्य कुसंस्कार र प्रवृत्ति परिवर्तन हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै समुदाय र संगठन समृद्धिको लागि समयसँगै आफ्नो खराब प्रवृत्ति पनि परिवर्तन गर्नुु आवश्यक रहेको बताए ।


यसैगरी वरिष्ठ अधिवक्ता तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व महासचिव सुरेन्द्र थापा मगरले भरखरै मात्र भएको जेनजी आन्दोलनको नाममा भएको घुसपैठका कारण निम्त्याएको दुर्घटनाले सबैभन्दा बढी हानी आदिवासी जनजातिलाई भएको बताए । यो आन्दोलनले पहिचान गुम्ने अवस्थामा पुगेको र यदि निर्धारित समयमा चुनाव नभएमा देशमा अर्को रक्तपान हुने खतरा रहेको प्रति इंगित गरेका छन् ।
अर्को प्रसंगमा उनले अहिलेको समय डिजिटल प्रविधिको समय भएकाले नयाँ पुस्तालाई भाषा संस्कृतिप्रति सचेत गराउने र चासो जगाउनको लागि वेवसाइट निर्माण गरी मगर भाषा र संस्कृति सम्बन्धी सामाग्रीहरु वेवसाइटमार्फत उपलब्ध गराउन आग्रह गरे ।


कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य हर्क आले मगर, सल्लाहकार बालासिङ काउचा मगर, नेपाल मगर महिला संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष फूलकुमारी थापा मगर, नेपाल मगर संघ गण्डकी प्रदेश समितिका अध्यक्ष तारा माया थापा मगर, नेपाल मगर महिला संघ कास्कीका अधयक्ष इश्वरीमाया थापा मगर स्व. हेम बहादुर पुन प्रतिष्ठानका सदस्य संगिता पुन मगर, आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


सभाको बन्द सत्रमा कोषाध्यक्ष क्या. भक्तबहादुर पुन मगरले आर्थिक प्रतिवेदन र कार्यवहाक सचिव शिव थापा मगरले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


संघका अध्यक्ष राम बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सु.मे चन्द्रबहादुर पुर्जा मगरले र कार्यक्रमको संचालन कार्यवाहक सचिव शिव थापा मगरले गरेका थिए ।
नेपाल मगर संघ कास्की जिल्लाको मातहतमा हालसम्म ४५ ओटा इकाइ समिति र १० वटा भातृसंस्थाहरु रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284