
नेपाली काँग्रेसका पुर्ब सांसद मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा निधन, आजै अन्त्येष्टी गरिने
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पुर्व सांसद मेजर दीपकबहादुर गुरुङको ८४ वर्षको उमेरमा आज काठमाडौंमा दुःखद निधन भएको छ ।

लामो समयदेखि मृगौला, प्रेसर लगायतको रोगबाट पिडित रहनुभएका गुरुङको आज नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ पण्डितटोलमा जन्मेर लामो समयसम्म नेपाली काँग्रेस पार्टीमा आबद्ध रहि राजनीति तथा समाज सेवामा लाग्नु भएका मे.दीपक गुरुङ वि.सं. २०५४ सालको राष्टिय सभाको निर्वाचनमा निर्वाचित सदस्य हुनुहुन्छ ।
उहाँ ब्रिटस आर्मीको रिटायर मेजर हुनुहुन्छ भने हङकङमा सेनाकै जागिरे हुँदा उहाँले पर्वते पत्रिकाको सम्पादन गर्नुभएको थियो ।
उहाँको आत्मा कथा, तमू प्ये ताँ सम्बन्धी केही पुस्तक र ब्रिटस गोर्खा सम्बन्धी केही पुस्तकहरु समेत प्रकाशित रहेका छन ।
उहाँ तमू बौद्ध सेवा समितिको संस्थापक, न्यू प्लाजा टोल विकास समिती पुतली सडकको पुर्व अध्यक्ष तथा सल्लाहकार हुनुहुन्छ ।
उहाँको पार्थिब शरिर अहिले उहाँको निवास न्यु प्लाजा पुतली सडकमा राखिएको छ भने अब केही समयपछि नेपाली काँगे्रसको पार्टी कार्यायलमा अन्तिम श्रद्धाञ्जलीको लागि लगिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने उहाँका भतिज एवम् मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । स्व.गुरुङको श्रीमती ४ जना छोरीहरु तथा २ जना छोराहरु हुनुहुन्छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52