ताजा खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाउँपालिका वडा नं. ३ ले आफनो प्रेस विज्ञप्ती सच्याइयो

   २७ श्रावण २०७६, सोमबार १६:५०      2,158 views

पोखरा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाउँपालिका वडा नं ३ कास्की वडा कमिटीले यसअघि प्रकाशित गरेको प्रेस विज्ञप्ती सच्याइएको छ ।


असावधानी बस यसअघि गत साउन २४ गते प्रकाशित विज्ञप्तीमा व्यक्ति विशेषलाई लक्षित गरी अमर्यादित शब्दहरु प्रयोग हुन गएकोले नेकपाले आफनो विज्ञप्त सच्याइएर पुनः प्रकाशित गरेको जनाएको छ ।


नेकपा मादी ३ का वडा अध्यक्ष जेमप्रसाद गुरुङद्धारा जारी गरिएको विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।


यद्यपी विज्ञप्तीले नेपाली काँगे्रसले मादी गाउँपालिकाको केन्द्र याङजाकोटबाट अन्यत्र सार्न गरेको निर्णयप्रति भने घोर आपती जनाएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटबाट अन्यत्र सार्ने कुरा आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने नेकपाले जनाएको छ ।


यस्तै विज्ञप्तीमा मादी गाउँपालिकाको पाँचौ गाउँसभामा नेपाली काँग्रेसको नाममा आयतित व्यक्तिहरुबाट कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङप्रति देखाएको अमर्यादित तथा अशोभानीय व्यवहारप्रति खेद प्रकट गर्दै त्यस्ता व्यवहार सच्याउन अनुरोध गरेको छ । आगामी दिनमा पनि यस्तै व्यवहार दोहोरिएमा आफूहरु टुलुटुल हेरेर नबस्ने विज्ञप्ती मार्फत चेतवानी समेत दिएको छ ।


साथै विज्ञप्तीमा नेपाली काँग्रेसबाट नेकपा प्रवेश गरेका कार्यकर्ताहरु लिलबहादुर गुरुङ, क्षेत्रबहादुर थापा, रेनुका गुरुङ, नविन गुरुङ, आशा गुरुङ, आशामाया गुरुङ, धनकुमारी गुरुङ, जयन्ती गुरुङ, विरबहादुर वि.क., सुकराम वि.क., डम्मरबहादुर गुरुङ लगायतलाई स्वागत गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284