नेपाल तामाङ घेदुङ महानगर समितिद्धारा बधाई तथा सम्मान
नेपाल तामाङ घेदुङ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा नेपाल तामाङ घेदुङ कास्की जिल्लाबाट प्रतिनिधित्व गरी निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिद्वारा बधाई तथा सम्मान गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक तामाङ वाईबाले संख्यामा तामाङ समुदाय नेपालका आदिवासी जनजाति मध्ये तेस्रो ठूलो जनसंख्या भएको जाति भएता पनि नेपालको राजनीतिक, आर्थिक, प्रशासनिक, शैक्षिक लगायत राज्यको महत्वपूर्ण अंगहरुमा आज पनि तामाङको पहुँच एकदमै नगन्य मात्र रहेको बताउनुभयो । “यति ठुलो संख्यामा रहेको जाति देशको राजनैतिक, आर्थिक, शैक्षिक, प्रशासनिक, साँस्कृतिक हिसाबले समेत कमजोर हुनु भनेको तामाङ मात्र नभै सिङ्गो देश नै पछि पर्नु हो” उहाँले भन्नुभयो ।
समितिले हालै सम्पन्न नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित उपाध्यक्ष राम बहादुर ब्लोन तामाङ (शिबु), सचिव मनिष माम्बा र सदस्य प्रेम लोप्चनलाई सम्मान गरेको थियो ।
यसैगरी संस्थाले रिठ्ठेपानी इकाई समिति र सिम्पानी इकाई समितिका नवनिर्वाचित अध्यक्ष पूर्ण शिला स्याङ्बो र विर बहादुर थोकरलाई पनि सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार टेक बहादुर तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिनमाया तामाङ, केन्द्रीय पुर्व सदस्य हरिमान थिङ, केन्द्रीय पुर्व का.वा. अध्यक्ष कुम बहादुर योञ्जन लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए भने सम्मानित द्वय गण्डकी प्रदेशका नवनिर्वाचित सचिव मनिष माम्बा तामाङ र उपाध्यक्ष राम बहादुर ब्लोन (शिबु) ले पनि आ–आफ्नोतर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका कार्यवाहक अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कविता योन्जनले स्वागत मन्तव्य राखेकी थिइन भने सन्चालन सचिव अन्जना डुम्जनले गरेकी थिइन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38