ताजा खबर

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित

   २९ मंसिर २०८१, शनिबार २१:१०      57 views

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए ।

उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्ये २ सय ५ जनाले मतदान गरेका थिए । महासंघको उपाध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० मत ल्याउँदा उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल ‘अथक’ ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भइन् भने उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याइन् ।


सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६ मतसहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए ।


नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा अर्जुन गाहामगर सुशान्त १ सय ५१, गौरव त्रिपाठी १ सय ४३, राजु गिरी १ सय ३२, बालकुमारी पौडेल १ सय २९, सन्तोष सुवेदी १ सय २८, रिखिराम जिसी १ सय १७, तुलसीराम सुवेदी १ सय ७, निराजन अधिकारी १ सय ६, पुष्पराज दाहाल १ सय ४ मत ल्याएर विजयी भए । महिला सदस्यमा कविता घर्तीमगर १ सय १, दलित सदस्यमा सुरेश सुनार १ सय ४३ मत ल्याएर विजयी भए ।
आदिवासी सदस्यमा पुनम थापा मगर र अन्य समावेशी सूर्य परियार निर्विरोध निर्वाचित भए । राष्ट्रिय परिषद सदस्य आरजु विष्ट १ सय २४, दिननाथ बराल १ सय १६, कृष्णमणि बराल १ सय ९, भरत कोइराला १ सय ८ राजबहादुर गुरुङ १ सय ८ मतका साथ विजयी भए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

1 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284