ताजा खबर

नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा विश्व शान्ति पूजा हुने

   ६ माघ २०७६, सोमबार २०:०२      1,767 views

नेपाल पर्वतारोहण संघको आयोजनामा यही माघ २० देखि २२ गतेसम्म पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा तेस्रो विश्व शान्ति पूजा आयोजना हुने भएको छ ।

विश्वमा शान्ति स्थाई रुपमा स्थापित गर्ने, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचारप्रसार गर्ने, धार्मिक पर्यटनलाई नेपालको पर्यटनको गतिविधिको रुपमा स्थापित गर्ने, अन्तर्राष्ट्रि बौद्ध सम्मेलनले घोषणा गरेको लुम्बिनी विश्व शान्ति निग्राम कार्यान्वयन गर्न, बुद्ध नेपालमा जन्मिएको भन्ने तथ्यलाई स्थापित गर्न, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचार प्रसार गर्ने तथा पदयात्रामा जाँदा विभिन्न कारणले मृत्यु भएका पर्यटक तथा पथ प्रदशकहरुको आत्मा शान्तिको कामना गर्न पूजा आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघको पूजा संयोजक हरिध्वोज तुलाचनले जानकारी दिनुभयो ।


पूजा समापनको दिन माघ २२ गते संग्रहालयको १७औं स्थापना दिवस समेत सोही समारोहमा केक काटेर मनाउने नेपाल पर्वतारोहण संघका केन्द्रिय अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो ।


पूजाको अघिल्लो दिन लुम्बिनीमा प्रदेश नं ३ का मुख्यमन्त्रीको विशेष उपस्थितीमा १ किलोमिटरको शान्तिपद यात्रा गरेपछि त्यहाँबाट ल्याएको शान्तिदिप पोखराको हेम्जा स्थित शाक्य गुम्बामा राखिने र माघ २० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा लामा गुरुहरु सहित पोखराको नगरपरिक्रमा गरेर कार्यक्रम स्थल पर्वतीय संग्रहालयमा पुगी पूजाको उद्घाटन गरिने संघका महासचिव कूलबहादुर गुरुङले जानकारी दिनुभयो ।

तीन दिने पूजा सम्पन्न गर्न ६७ लाख र्खच हुने समेत आयोजकले जनाएको छ । पूजामा विद्याधर महायोगी श्रीधर राणा रिम्पोछेबाट पूजापाठ तथा प्रवचन हुने आयोजकले जनाएको छ ।


संघले पूजा सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा आर्थिक तथा व्यवस्थापन उपसमितिको संयोजकमा सुदर्शन न्यौपाने, प्रचार प्रसार उपसमिति संयोजकमा कूलबहादुर गुरुङ, अतिथि सत्कार उप समितिमा टिकाराम गुरुङ, गुरु तथा लामाहरुलाई निमन्त्रणा उप समिति संयोजकमा हरिध्वोज तुलाचनलाई जिम्मेवारी दिइएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284