नेपाल मगर महिला संघ रामबजारको शुभकामना आदान प्रदान सम्पन्न
नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा नेपाल मगर महिला संघ रामबजार इकाई समितिले शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
नारीहरुको कथा व्यथा र गाथा गाएर एक आपसमा दुःख पीडा भुलाएर मनाइने तीज पर्व हिजोआज विभिन्न संघसंस्था र समूहहरुले सामूहिक रुपमा मनाउन थालिएको छ । यसैगरी नेपाल मगर महिला संघ रामबजारले पनि विगतका केही वर्षदेखि तीज विशेष कार्यक्रम आयोजना गरी सामूहिक रुपमा शुभकामना आदानप्रदान तथा नारीहरुको बेदना पोखिएका गीत गाउँदै सामुहिक नृत्य प्रस्तुत गरी मनाउँदै आएको छ । यसवर्ष पनि विभिन्न समूहका गीत तथा नृत्य प्रस्तुत गर्दै एक आपसमा शुभकामना आदानप्रदान गरी मनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ रामबजार इकाइ समितिका अध्यक्ष सुधा थापा मगरले संघमा महिलाहरुको सक्रियता महत्वपूर्ण भूमिका रहने बताउँदै आम महिला दिदीबहिनीहरुलाई संगठनमा क्रियाशिल रहन आग्रह गर्नुभयो । यसैगरी अहिले मगर संघ रामबजारको भवन पुनरनिर्माणको लागि काम अगाडि बढिरहेको बताउँदै भवन सम्पन्न गर्नको लागि आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा संघका सल्लाहकार श्याममाया पुन मगर, क्या. बेनबहादुर आले मगर, सल्लाकार शान्ति थापा मगर, भलाई कोषका अध्यक्ष लालीमाया थापामगर, युवा संघका अध्यक्ष दिलु विरकट्टा मगर लगायतले शुभकामना दिनुभएको थियो ।
संघका अध्यक्ष लक्ष्मी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापामगरले स्वागत मन्तव्य तथा सचिव रेनु थापा मगरले संचालन गर्नुभएको थियो ।
आजको खबर
तनहुँको ऋषिङ झापुटारमा हुने दोस्रो राष्ट्रिय कौराहा सम्मेलनका लागि युकेबाट आठ लाख बढी रुपैयाँ आर्थिक संङ्कलन भएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही…
अझै पढ्नुहोस्Follow Us
कौराहा सम्मेलनलाई सामाजिक अभियान्ता अनिताले गरिन् युकेमा ८ लाख बढी आर्थिक संङकलन
३ बैशाख २०८३, बिहीबार १७:५१
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38