ताजा खबर

नेपाल मगर संघको ४३ औं स्थापना दिवस पोखरामा सम्पन्न

   १६ फाल्गुन २०८१, शुक्रबार ०८:२३      327 views

मगरहरुको साझा संगठन नेपाल मगर संघको ४३ औं स्थापना दिवस पोखरामा विविध कार्यक्रम गरी मनाइएको छ । वि.सं. २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको स्थापना भएको थियो । सोही दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।


यसै अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरा रंगशालामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेशका उप–सभामुख विना कुमारी थापा मगरले गर्नुभएको थियोे । कार्यक्रमको उद्घाटन गर्दै उहाँले आफ्नो अधिकार सुनिश्चितका लागि मगर तथा आदिवासी जनाजातिहरु आफै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भाषा सस्कार संस्कृति रितिरिवाज राष्ट्रको गहना भएको बताउँदै गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाज गर्न सकेको अवस्थामा यसले पनि भाषा संरक्षणमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकारले पनि मगर र गुरुङभाषालाई सरकारी कामकाजको रुपमा ल्याउनका लागि विभिन्न सम्बन्धीत निकायहरुसँग छलफल गरी विद्येयकको रुपमा ल्याउनका लागि अन्तिम तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।


विशेष अतिथि पूर्व मन्त्री उत्तम पनु मगरले अनावश्यक विचार राख्ने व्यक्तिहरुले मगरहरुलाई फुटाउन खोजेको बताउँदै उहाँले सवै मगरहरुलाई सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल आदिवासी जनाजाति समन्वय समिति गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङ, महा–सचिव सुजन कुमार लामा, नेपाल मगर संघ कास्कीका पूर्व अध्यक्ष संगिता पुन मगर, संघका सल्लाहकार बालासिंङ काउछा मगर लगायतले दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।


उक्त कार्यक्रमको अवसरमा मगर सामुदायमा आधारित विविध मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्य वहाक अध्यक्ष अनेरी सु.मे. चन्द्र बहादुर पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष क्याप्टेन भक्त बहादुर पुन मगर र सह–सचिव द्धय शिव थापा मगर र भिम कुमारी पुन मगरले कार्यक्रम सञ्चालन गरिएको थियो ।


यस अघि पोखराको चिप्लेढुंगा स्थित मानव अधिकार चोकदेखि निकालिएको ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै कार्यक्रम स्थल रंगशाला पुगेको थियो । र्यालीमा कास्की जिल्ला भरिका हजारौको संख्यामा मगरहरुको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

9 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284