नेपाल मगर संघ गण्डकीले पुस १९ गते पोखरामा प्रदेश स्तरीय मगर साँस्कृतिक महोत्सव गर्ने
पोखरा
नेपाल मगर संघ गण्डकी प्रदेश समितिले यही पुस १९ गते पोखरामा प्रदेश स्तरीय मगर साँस्कृतिक महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।

संघले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी दिएको छ । गण्डकी प्रदेशका १० ओटा जिल्लाबाट महोत्सवमा मगर जातिको विभिन्न साँस्कृतिक नृत्यहरुको प्रस्तुती रहने नेपाल मगर संघ गण्डकी प्रदेश समितिका अध्यक्ष तारामाया थापा मगरले जानकारी दिनुभयो ।

महोत्सवको पुस १९ गते पोखरा सभागृहमा नेपाल सरकारको सूचना प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्ने कार्यक्रम रहेको छ । मगर समुदायको भाषा, भेषभूषा, धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न जिल्लामा प्रचलति कौराहा÷कानराहा, भmयाउरे, कृष्ण चरित्र, यानीमाया, पुख्र्यौंली सोरठी, सालैजो, थाली नाच, ज्यू मामै, मारुनी, भुम्या लगायत मगर समुदायको परम्परागत लोकनृत्यहरु प्रत्यक्ष रुपमा प्रस्तुत गरिने भएको छ ।
गण्डकी प्रदेशको मनाङ भन्दा बाहेक १० ओटा जिल्लाका ३ सय ६५ जना कलाकारहरु सहभागी हुने महोत्वसमा १० हजार जना दर्शकको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38