ताजा खबर

नेपाल मगर संघ रामबजारद्धारा प्रकाशित भित्तेपात्रो विमोचन

   ११ चैत्र २०८०, आईतवार १८:१७      458 views

मिना थापा मगर, पोखरा

नेपाल मगर संघ रामबजार इकाइ समिति, महिला समिति र युवा समितिद्धारा संयुक्त रुपमा प्रकाशन गरिएको २०८१ सालको भित्तेपात्रो आज विमोचन गरिएको छ । संघको आफ्नै भवन लक्ष्मीटोलमा आयोजना गरिएको एक कार्यक्रममा समाजका जेष्ठ सदस्य आरएसएम पहलसिं थापा मगरले भित्तेपात्रोको विमोचन गरेका थिए ।

भित्तेपात्रो विमोचन गर्दै थापा मगरले संघले गरेको ऐतिहारिक कार्य सह्रायिन रहेको बताउँदै यस अवसरमा आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
यसैगरी संघका सल्लाहकार क्या. नरेश थापा मगरले संघले प्रकाशन गरेको भित्तेपात्रोको छुट्टै महत्व रहनुका साथै मगर समुदाय विच व्यवसायिक समन्वय र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।


कार्यक्रममा संघका सल्लाहकार एवं संस्थापक अध्यक्ष कर्णबहादुर राना मगर, सल्लाहकार बेनबहादुर आले मगर, सल्लाहकार ढाल बहादुर सारु मगर, नेपाल मगर संघ जिल्ला समिति कास्कीका सहसचिव ओम विरकट्टा मगर, युवा संघ रामबजारका अध्यक्ष दिलु विरकट्टा मगर, स्याङ्जा विरुवा गा.पा. का अध्यक्ष प्रकाश थापा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भित्तेपात्रो प्रकाशनको लागि मुल समितिका उपाध्यक्ष क्या. अमर राना मगरको संयोजकत्वमा पाँच सदस्यीय प्रकाशन उपसमिति गठन गरिएको थियो । जसमा सहसचिव बाबुराम रानामगर, महिला समितिका सचिव रेनु थापा मगर, कोषाध्यक्ष गिता आले मगर र युवा संघका उपाध्यक्ष जिवन थापा मगर (सुवर्ण) रहेका थिए ।


मुल समितिका अध्यक्ष सुधा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहसचिव बाबुराम रानामगरले गरेका थिए भने स्वागत मन्तव्य महिला समितिका अध्यक्ष लक्ष्मी थापा मगरले राखेकी थिइन् ।


यसैबिच दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेका कलाकार एवं लोक गाएक प्रसाद खप्तरीको लागि संघको पहलमा संकलन गरिएको रु ५० हजार रकम छिट्टै हस्तान्तरण गरिने पनि अध्यक्ष सुधा थापा मगरले बताउनुभयो । साथै सहयोग गर्न इच्छुक जो कोहीलाई कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सम्पर्क गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284