ताजा खबर

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको शिक्षक सम्मान सम्पन्न

   १९ जेष्ठ २०८२, आईतवार १८:०४      500 views

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित विस्तारित बैठक तथा शिक्षक सम्मान कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।


कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय समितिका गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँवरले गर्नु भएको थियो । उद्घाटन गर्दै उहाँले शिक्षक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौतीहरू र भविष्यका कार्यदिशाहरूबारे प्रकाश पार्नुभयो । उहाँले सङ्गठनलाई अझ सुदृढ, समावेशी र क्रियाशील बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो । साथै बढुवा भएका र नवनियुक्त शिक्षहरुलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।


विशिष्ट अतिथि नेराशि संगठन राष्ट्रिय समितिका सचिव तथा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितका उपाध्यक्ष रामप्रसाद पोख्रेलले शिक्षक आन्दोलन, शिक्षा ऐन, बजेटका बारेमा बोल्दै शिक्षकहरूको हकहितका मुद्दाहरू, राष्ट्रिय शिक्षा नीति र कर्मचारी समायोजनलगायतका विषयमा सरकारको बजेटमा पनि सम्बोधन भएको र शिक्षकहरुलाई निरास नहुन आग्रह गरे ।


नेराशि संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलले जुनसुकै उद्देश्य र कार्य सफल बनाउन सहकार्य, समन्वय र सहयोगबाट मात्र सफल हुने हुनाले शिक्षा ऐन ल्याउन नेतृत्व वर्ग सरकारसँग सो मार्गमा हिँड्नुपर्ने भन्दै शिक्षकको पेसागत हकहित, अधिकारका लागि नेराशिसं सधैँ अग्रपङ्तिमा रहेर डटेर लड्ने हुँदा आम शिक्षकहरुलाई निरास नहुन आग्रह गरे ।


कार्यक्रमको विशेष आकर्षणको रूपमा मावि, निमावि, प्रावि तहमा आन्तरिक कार्यसम्पादन मूल्याङ्कन ९७५५० र आन्तरिक प्रतिस्पर्धा ९२५५० मा बढुवा भएका शिक्षक र शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक नियुक्ति लिएका नव शिक्षकहरुलाई अविर, खादा र सम्मानपत्र सम्मान गरिएको थियो।त्यस्तै शिक्षक महासङ्घको जिल्ला तथा ५ वटै पालिकामा नेराशिसंका नेतृत्व र समूहकृत भएका शिक्षक र प्रधानाध्यापक सङ्घ नेपाल ९पान० मा नेतृत्वमा गएका नेराशिसंका शिक्षकहरुलाई पनि बधाई, शुभकामना तथा टीका र खादाले सम्मान गरिएको सचिव दामोदर तिमिल्सिनाले बताए ।

अतिथि तथा शिक्षक नेताहरु लोचना अधिकारी, जगन्नाथ अधिकारी, बसन्धरा पौडेल, गुरुदत्त कोइराला, यामनारायण लामिछाने, हर्कबहादुर लामिछानेलगायतले शिक्षकहरूको भूमिका राष्ट्रनिर्माणमा अतुलनीय रहेको उल्लेख गर्दै संघीय संरचनामा शिक्षाको गुणस्तर र पहुँच सुनिश्चित गर्न शिक्षकको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखे । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको यो कार्यक्रमले संगठनात्मक सुदृढीकरणका साथै शिक्षकहरूको मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेराशिसं कास्कीका अध्यक्ष तिर्थराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दामोदर तिमिल्सिनाले, स्वागत मन्तव्य सहसचिव जुना थापाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव पहारीले र धन्यवाद ज्ञापन सहकोषाध्यक्ष शान्ता पराजुलीले गरेकी थिइन् ।


कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका शिक्षक नेताहरू, सङ्गठनका पदाधिकारीहरू, शिक्षाविद्हरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284