ताजा खबर

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको नवनिर्वाचित समितिको पदस्थापन सम्पन्न

   ५ बैशाख २०८१, बुधबार १९:१६      382 views

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको नवनिर्वाचित जिल्ला समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २९ गते सम्पन्न अधिवेशनबाट नवनिर्वाचित जिल्ला समितिलाई निवर्तमान जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल र पेसागत महासंघ कास्की इन्चार्ज षडानन्द गौतमले खादा अविर प्रमाणपत्र र डायरी प्रदान गरि पदस्थापन गराए ।

नवनिर्वाचित अध्यक्षमा तिर्थराज ढकाल, खुल्ला उपाध्यक्षमा प्रदिप न्यौपाने, महिला उपाध्यक्षमा देवीकुमारी केसी, सचिवमा दामोदर तिमिल्सिना, कोषाध्यक्षमा माधव पहारी, सहसचिवमा जुना थापा र सह कोषाध्यक्षमा शान्ता पराजुलीलाई सर्वसम्मत चयन गरेको थियो ।

त्यस्तै सदस्यहरुमा तोरण बहादुर के सी, भगवती लामिछाने, यमुना सुवेदी बिजय शर्मा, सूर्य मोहन ढकाल, जीतबहादुर थापा, दशरथ सापकोटा, डिल्लीराम देवकोटा, टेक माया आचार्य, अनिता राई, बाबुराम भुजेल, उमिता घमाल, विश्वनाथ सुवेदी, हरिबोल गौतम र सरिता ढकाल निर्वाचित भएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेल, प्रदेशका कोषाध्यक्ष बोधराज पौडेल, शिक्षक सहकारी तथा बचत ऋण संस्थाका अध्यक्ष वसुन्धरा पौडेल र पेसागत महासङ्घ कास्कीका इन्चार्ज षडानन्द गौतमले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

पदस्थापनापछि बसेको जिल्ला समितिको पहिलो बैठकले वर्तमान विधानअनुसार सचिवालय सदस्य ११ सदस्यीय हुनुपर्नेमा थप दुई सदस्य तोरण बहादुर केसी र अनिता राईलाई मनोनित गरेको छ ।

यस्तै बैठकमा निवर्तमान कोषाध्यक्ष यामनाथ सुवेदीले अक्षकोषको रु. १७ लाख सहित २२ लाख १४ हजार २ सय उनान्नब्बे अठहत्तर पैसा रकमको हिसाबकिताब र बझबुझारथसहित माइन्युट हस्तान्त्रण गरेका थिए । बैठकले अध्यक्ष ढकालद्वारा प्रस्तावित धन्यवाद प्रस्ताव, बधाई तथा शुभकामना प्रस्ताव पारित गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284