ताजा खबर

पढनुहोस मोटरसाइकल चालकले ध्यानदिनुपर्ने कुराहरु

   १७ मंसिर २०७६, मंगलवार ०८:५२      1,774 views

सजिलो, सस्तो र छिटो हुने भएकाले मोटरसाइकल लोकप्रिय यातायातको साधनमा पर्छ । ट्राफिक प्रहरी महाशाखाको आँकडाअनुसार काठमाण्डौमा मात्रै १० लाखभन्दा बढी मोटरसाइकल गुड्छन् ।

यात्रा गर्न सहज भए पनि मोटरसाइकल निकै जोखिमपूर्ण यातायातको साधन हो । लड्दा होस् या कतै ठोक्किँदा,  सबैभन्दा बढी असर मोटरसाइकल र चालकलाई पर्ने गर्छ । मोटरसाइकल  लिएर सडकमा निस्किएपछि जोखिम कम गर्न र हुनसक्ने सम्भावित दुर्घटना र असरबाट बच्न चालकले केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

१) आफ्नो उचाइ र तौलअनुसारको मोटरसाइकल

धेरैले विलासिताको लागि र स्टाइल देखाउने किसिमको मोटरसाइकल किन्नुहुन्छ । जुन उहाँहरुको उचाइ र तौलले धान्न सक्ने खालको हुँदैन । होचो मान्छेले आफ्नो उचाइअनुसार र पातलो मान्छेले आफ्नो तौलअनुसारको मोटसाइकल किन्नुपर्छ । यसो हुँदा त्यो व्यक्तिले अप्ठेराे परेकाे बेला मोटरसाइकल थाम्न सजिलो हुन्छ । 

२) लुकिङ ग्लासको सही प्रयोग    

मोटरसाइकलमा प्रयोग भएको लुकिङ ग्लासको प्रयोगबाट पनि दुर्घटनाबाट बच्न सकिन्छ । लुकिङ ग्लास भनेको पछाडिको आँखा हो । आफ्नो पछाडि कुन गाडी आइरहेको छ ? कति स्पीडमा आइरहेको छ ? भन्ने कुराको जानकारी लिंँदै सुरक्षित रुपमा गुड्न लुकिङ ग्लासले सहयोग गर्दछ ।

कुनै ठाउँबाट दायाँबायाँ मोडिंदा, मोटरसाइकल घुमाउँदा लुकिङ ग्लासको निकै महत्वपूर्ण हुन्छ । तर अहिले विभिन्न स्वरुपमा साना लुकिङ ग्लासको प्रयोग गर्दा पनि चालकहरु असुरक्षित हुने गरेका छन् । कम्पनीले मोटरसाइकलमा प्रयोग गरेको लुकिङ ग्लास विभिन्न परीक्षणबाट पास गरिएको हुनाले यसको स्वरुपमा परिवर्तन गरेर नचलाउने गर्दा चालक सुरक्षित हुन सक्छन् ।

३) गुणस्तरीय हेल्मेटको प्रयोग

बजारमा विभिन्न स्वरुपका हेल्मेटहरु पाइन्छन् । जसले सुरक्षाभन्दा पनि राम्रो र स्टाइलमा बढी केन्द्रित भएको देखिन्छ र मोटरसाइकल चालकको छनोटमा पनि सुरक्षा भन्दा पनि देखावटीपन परेकोले चालक जोखिम परेका छन् ।

मोटरसाइकल चालकले आफ्नो टाउकोलाई राम्ररी छोप्ने र मोटरसाइकल लड्दा टाउकोमा चोट लाग्नबाट रोक्ने किसिमको हेलमेट प्रयोग गर्नुपर्छ । बलियो, गुणस्तरीय किसिमको हेल्मेट चालकको पहिलो छनोट हुनुपर्छ । साथै हेलमेटको फित्तालाई राम्रोसँग बाधेर मोटरसाइकल चलाउनुपर्छ । फित्ता बाँध्न ५ सेकेन्ड लाग्न सक्छ तर त्यो ५ सेकेन्डको सही प्रयोग नगर्दा ज्यान नै जोखिममा पर्न सक्छ ।

४) हतार गरेर नचलाउने र गति कम गर्ने

सडकमा हुने दुर्घटनाको मुख्य कारणमध्येको एक तीव्र गति हो । निस्किने हामी सबैलाई निकै हतार हुने गर्दछ । घरमा बस्दासम्म समयको कुनै ख्याल हुँदैन, हामी फुर्सदमा हुन्छौँ तर सडकमा निस्किएपछि हामीलाई हतारो हुन थाल्छ ।

सडकमा हुने दुर्घटनाको मुख्य कारण भनेको तीव्र गति हो । जति गति कम हुन्छ त्यति दुर्घटना हुने सम्भावना कम हुन्छ । गति बढाउने त चालकले हो तर जतिजति गति बढ्दै जान्छ त्यति नै मोटरसाइकल वा अन्य गाडीहरु चालकको नियन्त्रणबाहिर हुँदै जान्छ ।

त्यसैले आफूले हाँक्नेृ मोटरसाइकल र गाडीलाई आफ्नो नियन्त्रणमा राख्न, सहज र सुरक्षित यात्रा गर्न गतिमा नियन्त्रण हुनु आवश्यक हुन्छ ।

५) इन्डिकेटर र साइड लाइटको प्रयोग गर्ने

मोटरसाइकल चालकले सडकमा निस्किएपछि सुरक्षित यात्रा गर्नको लागि मोटरसाइकलको इन्डिकेटरको प्रयोग राम्रोसँग गर्नुपर्दछ । आफू मोडिँदा , मोटरसाइकल घुमाउँदा दायाँबायाँ जता जाने हो, त्यतापट्टिको साइड लाइट बालेर पछाडि आउने गाडीलाई संकेत दिनुपर्छ । संकेत दिँदा आफू जाने ठाँउ आउनुभन्दा अलिक अघिदेखि नै साइड लाइट बालेर जानकारी दिनुपर्छ, जसले गर्दा पछाडिबाट आउने गाडिले आफ्नो गतिमा नियन्यण गर्न सकून् । आवश्यकताअनुसार चालकले हर्न र पास लाइटको पनि प्रयोग गर्नुपर्दछ ।

६) लेनमा बस्ने

 मोटरसाइकल  होस् या अरु गाडिहरु सबै लेनमा बस्नु निकै जरुरी हुन्छ । धेरैजसो हुने दुर्घटना लेन अनुशासन नमानेको कारण हुने गरेको ट्राफिक प्रहरी महाशाखाले बताउर्द आएको छ । बिना अनुमति तपाई कसैको घरमा पस्दा सो घरधनिले तपाई कुट्न सक्छ, प्रहरीको चोर भनेर बुझाउन सक्छन् नि । हो ठ्याक्कै त्यस्तै लेन भनेको पनि घर हो । जसरी तपाई आफ्नो घरमा सुरक्षित हुनुहुन्छ । यसैगरी आफ्नो लेनमा बस्दा सुरक्षित बन्नु हुन्छ । 

७) जबर्जस्ती ओभरटेक नगर्ने

ओभरटेक गर्दा पहिला सडक राम्रो नियालेर वितरित दिशाबाट आउने गाडीको सङख्या र गतिलाई मध्य नजर गर्दै आफ्नो लेनमा गुडिरहेको गाडीलाई सकेंत दिएर ओभरटेक गर्नुपर्छ । नेपाल देब्रे प्रणालीबाट सडकमा गाडीहरु चल्ने गर्छन् । बस र सार्वजनि गाडिहरुका बिसौनी वायाँतिर भएकोले बिसौनीतिर गाडीहरु जादाँ दुर्घटना हुने गर्दछ । त्यसैले ओभर टेक गर्दा दाहिनेतिरबाट गर्नुपर्छ । गाडीमा चालक सधँै दाहिनेतिर बसको हुन्छ । दाहिने पट्टिबाट ओभरटेक गर्दा चालकले तपाईलाई सहज रुपमा देख्न सक्छन् । चालक दायाँतिर हुने हुदाँ वायाँतिर कम मात्रै देख्न सक्दछ । 

८) ट्राफिक नियमको पालना गर्ने 

चालकहरुको सबैभन्दा नराम्रो बानी भनेको ट्राफिक प्रहरी देख्दा मात्रै नियम मान्ने नत्र जथाभावी चलाउने गर्नु हो । आफ्नो ज्यानको भन्दा पनि ट्राफिकको सिट्टीसगँ डराउने प्रवृत्ति हट्नु जरुरी छ । हेलमेट नलगाइ चलाउने, ३ जना राखेर हाक्ने, मोटरसाइकलको क्षमताभन्दा बढी भारी बोकेर हिड्ने हेर्दा सामान्य कुराहरुको ख्याल नगर्नुपनि दुर्घटनाको कारण हो । र ट्राफिक नियमले आफुलाई बाध्नको लागि होइन, सुरक्षित बनाउनको लागि हो भनेर सचेत हुने हुदाँ पनि सुरक्षित बन्न सकिन्छ । आफुले जानेको ट्राफिक नियमको बारेमा अरुलाई पनि सिकाउने र यसको महत्वको बारेमा बुझाउने गर्नुपर्छ ।

१) तीव्र गतिमा नचलाउने
२) जाँड रक्सी खाएर मोटरसाइकल नचलाउने
३) लुकिङ ग्लासको प्रयोग गर्ने
४) आफ्नो लेनमा बस्ने
५) बायाँतिरबाट ओभरटेक नगर्ने
६) साइड लाइट र इन्डिकेटरको प्रयोग गर्ने
७) ट्राफिक नियमको पालना गर्ने
८) आफ्नो तौल र उचाइअनुसारको सवारी चलाउने
९) बलियो हेल्मेटको प्रयोग गर्ने र फित्ता राम्ररी बाँध्ने 
१०) मोटरसाइकलको क्षमताभन्दा बढी भारी र मानिस नबोक्ने

साभार (उज्यालो अनलाईन)
 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284