ताजा खबर

पत्रकार तिलक पुनको नियात्रा संग्रह “बस्तीभित्र” लोकार्पण

   १७ आश्विन २०७७, शनिबार ११:०७      772 views

पत्रकार, लेखक तथा नियात्राकार तिलकप्रसाद पुर्जा पुनद्वारा लिखित नियात्रा संग्रह “बस्तीभित्र”को शुक्रबार लोकार्पण गरिएको छ ।

नेपाल मगर संघ, कास्कीद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सो पुस्तक लोकार्पण गर्नुभएको हो ।


पुस्तक लोकार्पणपछि बोल्दै मन्त्री लम्सालले प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई जोड दिएको बताउनुभयो । ग्रामीण पर्यटन प्रवद्र्धनमा लोकार्पित पुस्तक सहयोगी साबित हुने बताउँदै उहाँले यस्ता पुस्तक पर्यटन क्षेत्रको लागि महत्वपूर्ण दस्तावेज बन्ने उल्लेख गर्नुभयो ।

पुस्तक पढेपछि समाजको गहिराइसम्म पुग्न सकिने बताउँदै मन्त्री लम्सालले पाठकका लागि महत्वपूर्ण दस्तावेज दिएकोमा लेखक पुनलाई धन्यवाद दिनुभयो ।


पुस्तकका लेखक पुनले आफूले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घुम्दाका बखत अनुभूति गरेका कुराहरू नियात्रामार्फत् पस्किने प्रयास गरेको बताउनुभयो । जीवन आफैंमा यात्रा भएको भन्दै पुनले यात्राका क्रममा पाएका अनुभवहरू समेत संगालेर पुस्तकाकारका रुपमा पाठकमाझ ल्याएको उल्लेख गर्नुभयो


नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालकृष्ण काउछा, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुन, प्रकृतिका अभियन्ता सन्तबहादुर घिसिङ, पर्यटन व्यवसायी लक्की कार्कीलगायतले लेखक पुनले नेपाली समाजको वास्तविकलाई नजिकबाट नियालेर पुस्तक प्रकाशन गरेको उल्लेख गर्नुभएको थियो ।

पुस्तकमाथि पत्रकार रूद्रबहादुर श्रीसले समीक्षा गर्नुभएको थियो भने पत्रकार श्रीराम सिग्देलले लेखकको परिचय प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापा र सचिव रामबहादुर थापाले पनि बोल्नुभएको थियो ।


लेखक पुनले पुस्तकमा ३४ वटा नियात्रा समेट्नुभएको छ । पुस्तकका प्रकाशकमा ज्ञान पुर्जा पुन, चाम पुन, निलम गर्बुजा र टेक पुन रहनुभएको छ । पुस्तकमा लेखक पुनले आफूले घुमेका विभिन्न स्थानको जातीय परम्परा, संस्कृति र प्रकृतिबारे नियात्रामार्फत् आफ्ना अनुभूति व्यक्त गर्नुभएको छ ।

लेखक पुनकी आमा स्व. जितिमाया पुनको चौथो वार्षिक पुण्यतिथिको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284