ताजा खबर

पत्रकार महासंघ गण्डकीमा रमेश पाैडेल विजयी

   २९ मंसिर २०८१, शनिबार २१:४३      117 views

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा रमेश पौडेलको प्यानल नै निर्वाचित भएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल विजयी भएका छन् । उनले ४०१ मत प्राप्त गरी बिजयी बनेका हुन । उनका प्रतिस्पर्धी महासंघ गण्डकीका निवर्तमान महासचिव गोविन्द प्रसाद सुवेदीले १ सय ७८ मत प्राप्त गरे । पौडेल नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन ।


त्यसै गरी उपाध्यक्ष पदमा ४ सय २ मत प्राप्त गरी प्रकाश पौडेल विजयी भए । उनका प्रतिस्पर्धी एवं महासंघ गण्डकीका निवर्तमान सचिव यदुनाथ बन्जराले १६४ मत प्राप्त गरे ।  महिला उपाध्यक्षमा मायाकुमारी अधिकारी ४०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कमला खत्री केसीले १४५ मत प्राप्त गरिन् । महासचिवमा जमुना वर्षा शर्मा विजयी भएकी छन् । उनी महासंघ कास्कीकी निवर्तमान उपाध्यक्ष हुन् । उनले ३४७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दीपक परियार २३१ मत प्राप्त गरे ।

सचिवमा भविश्वर पाण्डे ३७८ मतका साथ विजयी हुँदा ताराप्रसाद शर्माले १७१ मत प्राप्त गरे । त्यसैगरि सचिव (समाबेशी) मा रोशनी गुरुङले ४२० मत प्राप्त गरी विजयी हुँदा रामबहादुर घले परियारले १४५ मत प्राप्त गरे भने कोषाध्यक्षमा रमेश बस्ताकोटीले ३५२ मत प्राप्त गरी विजयी हुँदा सागरराज तिमिल्सिनाले २०७ मत प्राप्त गरेका छन् ।

खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए । खुला सदस्यमा निर्वाचित नेपालले पपुलर (४५९) मत प्राप्त गरे ।

सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य (दलित)मा विजय नेपाली, सदस्य (आदिवासी जनजाती) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए ।

गण्डकी प्रदेशअन्तर्गत (गोरखा बाहेक) शुक्रबार मतदानको अन्तिम मतपरिणाम शनिबार दिउँसो निर्वाचन समिति संयोजक कोमलनाथ बरालले पोखरास्थित महासंघ प्रदेश कार्यालयमा सार्वजनिक गरेका हुन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284