ताजा खबर

पर्यटकीय साझेदारीमा विश्वास जगाउँदै सकियो धार्मिक यात्रा

   २५ मंसिर २०७७, बिहीबार १६:०७      686 views

कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, पोखराको सहकार्यमा सञ्चालित तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।

गत सोमबारदेखि बुधबारसम्म पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, सास्वत धाम, कैलाश आश्रम, चितवनको वाल्मिकी आश्रम, तनहुँको देवघाट लगायतका स्थानको भ्रमण एवम् सरोकारवालासँगको छलफलले आगामी दिनमा ती स्थानमा पर्यटकीय साझेदारी बढ्ने विश्वास जगाएको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले बताए ।


“हाम्रो तीन दिने परिचयात्मक भ्रमण निकै उपलब्धिमुलक बनेको छ,” उनले भने, “नवलपुरका धेरै धार्मिक पर्यटकीय गन्तव्य पर्याप्त सम्भावनाका बाबजुद ओझेलमा परेको पायौं ।” नवलपुरका धार्मिक स्थललाई गण्डकी प्रदेशका अन्य धार्मिक स्थलसँग जोड्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके महत्वपूर्ण उपलब्धि हासिल हुने उनले धारणा राखे ।


गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले भ्रमणका क्रममा नवलपुरको पर्यटकीय विकासका धेरै सम्भावना पाइएको बताए । गण्डकी प्रदेश सरकारले नवलपुरको समग्र विकासका लागि पनि प्राथमिकतामा राखेको बताउँदै उनले सम्भावनाको उजागर गर्दै अघि बढ्ने उल्लेख गरे ।


पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बरबहादुर केसीले ऐतिहासिक धार्मिक स्थललाई त्यहाँको मौलिकता कायम गर्ने गरी विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

अर्का पूर्व अध्यक्ष सोमबहादुर थापाले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका नाममा देखिएको समस्यासँगै त्रिवेणीवासीलाई आफ्नै सदरमुकाम जान पनि लामो बाटो हुँदै प्रदेश नं ५ मा पुगेर आउनुपर्ने समस्यालाई दीर्घकालिन समाधान गर्नुपर्ने बताए । भ्रमणका क्रममा नवलपुरका धेरै पर्यटकीय सम्भावना पाइएको उनले बताए ।


परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जिवी पोखरेलले भ्रमणले पोखरासँग नवलपुरको पर्यटकीय साझेदारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै यहाँका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन अपरिहार्य भएको उल्लेख गरे ।

पोखराको भ्रमण टोलीसँग विभिन्न स्थानमा भएका अन्तरक्रियामा नवलपुरको विनय त्रिवेणी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रितम गुरुङ, गजेन्द्रमोक्षाश्रम धामका कृष्ण प्रपन्नाचार्य, होटेल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर, उपाध्यक्ष प्रकाश कुँवर, नन्दपुर मिलिजुली होमस्टेका अध्यक्ष ताराप्रसाद चौधरी लगायतले भ्रमणले पर्यटनमा साझेदारीका धेरै सम्भावना बढाएको बताउनुभयो ।

त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्दै उनीहरूले आवागमन सहज बनाउन सडक सञ्जाल जाँडै जोडिनुपर्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्तीका कारण देखिएको समस्यालाई राज्यस्तरबाट चाँडै समाधान खोजिनुपर्नेमा उनीहरूको सामुहिक माग छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284