ताजा खबर

पर्यटक कुर्दै मादी ७ को सोझो कुना धार्मिक स्थल

   २ फाल्गुन २०७५, बिहीबार २१:३५      2,961 views

बेलबहादुर विश्वकर्मा, मादीगाउँपालिका ७ कास्की

कास्की जिल्लाको मादी गाउँपालिकामा स्थानिय सरकार आए लगतै बिभिन्न बिकासका योजनाहरुमा यहाँका जनप्रतिनिधि, राजनिति दलका प्रतिनिधि समाजसेवी, बुद्धिजिवि र स्थानियहरु अ आफ्नो क्षेत्रबाट प्रतिस्पर्धीरुपमा उदाएका छन ।

चुनढुङ्गबाट बनेको आकृतिहरु


मादी गाउपालिका वडा नं ७ पनि यसको एउटा उदाहरण बनेको छ । वडा अध्यक्ष लालबहादुर गरुङले पर्यटन र धार्मिक स्थलहरु विकास निर्माण र स्थानियको जिवीकोपार्जनको दरिलो मेरुदण्ड बन्न सक्ने जनाकारी गराएका छन । वडा नं ७ मा भएका सबै पर्यटकीय स्थल र धार्मिक स्थललाई ब्यवस्थित गरी यहाँका जनतालाई आयआर्जनको बाटोमा लाने प्रतिबद्धता जनाउदै स्वंम यस वडाका सबै पर्यटकीय स्थल र धार्मिक स्थलको निरिक्षण गर्नु भएको छ ।


सोझा कुनाको झरना


यस वडामा ९ वटा टोल बिकास रहेको छ भने त्यस अन्र्तगत नयाँ गाउ टोल बिकास २ नं टोल पर्दछ । टोल बिकासको नाम नयाँ गाउँ रहेता पनि यहाँको धार्मिक स्थल हेर्दा यो गाउँ नयाँ देखिदैन । प्रचारप्रसारबाट ओझेल परेको यस गाउँको सोझा कुनालाई यहाँका बासिन्दले पबित्र धार्मिक स्थलको रुपमा मान्ने गरेको छ ।


एक्यापका प्रविधिक सगै वडा अध्यक्ष लाल बहादुर गुरुङ निरिक्षणको क्रममा

स्थानियबासी क्षेत्रप्रसाद गुरुङका अनुसार उहिले जेठ असारमा पानी परेन भने लामा, झाँक्री र बाजागाज सहित त्यस कुनामा पानी माग्न जाद पानी पर्दथ्यो रे । यहाँ चुनढुङ्गाले बनेका बिभिन्न प्रकारका देवीदेउताका आकृति मुर्तिहरु देख्न पाइन्छ । चुनढुङ्गाले बनेका ढिकी, जाँतो, गाईको थुन र त्यसबाट तपतप चुहिने पानी, करीब ६० देखी ७० डिग्री तापक्रम भएको ढुङ्गाबाट रसाएको तातो पानी, परेवाको बासस्थान, करीब १ सय ५० फिट भन्दा अग्लो झराना, महुरी बस्ने भिर आदि त्यहाँका बिशेषताहरु हुन ।


माघे स्नान स्थानियबासी


प्रत्येक वर्ष माघे संक्रान्तिमा बिहानैदेखि त्यहाँ वरपर गाउँका र नयाँ गाउँका बासिन्दहरु माघे स्नान गरी दाल, अक्षता, तरुल आदीले पुजा गरी पुण्य लाभ गर्दछन । गत बर्ष माघे स्नानमा ढुङ्गाबाट रसाएको तातो पानीलाई चिसो पानी मिश्रीत गरी नुहएको बताउँछिन स्थानिय महिला समन्वय समितिका संयोजक उषा थापामगर ।


ढुङ्गबाट निस्किएको तातो पानी


गत बर्ष भन्द तापक्रम केही घट्नु र त्यहाँको चुनढुङ्गाबाट प्रकृतिकरुपले बनेको देवी देउताको आकृति मुर्तिहरुको उचित संरक्षण नहुदाँ नासिदै जानु हामी सबैको लागि दुर्भाग्य हो यसलाई पूर्णरुपमा संरक्षण गरी बह्य तथा आन्तरिक पर्यटक भित्रउन सकिने बताउँछन मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङ ।


झरना भित्रबाट देखिएको ताल


उक्त स्थानमा त्यसका बासिन्दाले शिवरात्रीमा पनि दुध चढाई शिवको भजनकृतन गरी शिवरात्री पर्व मनाउदै आएका छन । उक्त स्थानमा साहसिक जल यात्रा क्यानोनिङ र रक क्लम्बीङको लागि पनि उचित रहेको स्थानियहरुको भनाई छ ।


सोझा कुना मात्रै नभई मादी ७ भित्रकै थाक हिल (घडेरी डाँडाँ), छाचोक पिकनिक स्थल, पानीघाट युम्दी गुफालाई उचित ब्यवस्थापन र प्रचारप्रसार गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषण गर्न सके स्थानिय बासिन्दा र समग्र मादी गाउँपालिकाकै आर्थिक स्तरमा वृद्धि हुँदै जाने देखिन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284