ताजा खबर

पर्वतमा सवारी दुर्घटनामा १ जनाको मृत्यु १ जना घाइते

   ७ फाल्गुन २०७५, मंगलवार १९:४६      2,378 views

जिल्लाको बिहादी गाउँपालिका ५ उराममा आज विहान भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

घट्टरपाटादेखि उरामतर्फ आउँदै गरेको ध १ त ३१५ नं. को ट्याक्टर अचानक सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार ट्याक्टर धनी बिहादी गाउँपालिका ५ बस्ने वर्ष ३५ का पदमबहादुर नेपालीको घट्ना स्थलमै मृत्यु भएको हो ।


घटनामा ट्याक्टरमा सवार सोहि स्थानका वर्ष २८ का बिक्कु पौडेल घाइते भएको छ । घाइते पौडेललाई उपचारको लागि वालिङ अस्पताल स्याङ्जा पठाईएको पर्वत प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284