ताजा खबर

पुसको तेस्रो साता घलेलमा २१औं ल्होछार घलेल उत्सव हुने

   ६ पुष २०७६, आईतवार १७:११      1,169 views

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा तमुहरुको महान चाड ल्होछारको अवसरमा ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ हुने भएको छ ।

घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित आगामी १५ देखी १९ गतेसम्म उत्सव हुने भएको हो ।


घलेल स्थित बौद्ध सृजना युवा क्लबको खेल मैदानमा पाँच दिन सञ्चालन हुने उक्त उत्सवको तयारीका लागि सबै पक्ष लागेको क्लब अध्यक्ष राम गुरुङले बताए ।


उनका अनुसार उक्त उत्सवमा मुख्य आकर्षणको रुपमा खुल्ला गाउँ स्तरिय पुरुष भलिबल तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको छ । त्यस्तै अन्य प्रतियोगिताको रुपमा प्रौढ (भेट्रान्स) भलिबल (३२ वर्ष माथि), सटफुट छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, सटफुट छेलो प्रतियोगिता (प्रौढ), तथा एकल नृत्य खुल्ला नृत्य लगायतका प्रतियोगिताहरु समाबेश गरिएको अक्ष्यक्ष गुरुङले जानकारी दिए ।


गुरुङका अनुसार पुरुष भलिबल तर्फको बिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. ७० हजार प्राप्त गर्नेछ त्यस्तै उपबिजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. ४० हजार हात पार्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टिमलाई मेडल, तथा प्रमाणपत्र सहित नगद रु. २५ हजार प्रदान गरिनेछ भने दर्ता शुल्क नगद रु. ५ हजार निर्धारण गरेको छ ।


त्यस्तै महिला तर्फ बिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु २० हजार र उपबिजेता हुने टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्रदान गरिने उनले बताए । गुरुङका अनुसार दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ ।


त्यस्तै प्रौढ तर्फको बिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. १० हजार प्रदान गरिने टोल विकास संस्थाका संयोजक गुप्त बहादुर गुरुङले बताए उनलका अनुसार उपबिजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु. ८ हजार प्रदान गरिने छ भने अन्य प्रतियोगिताहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लब स्थापनाकाल देखि नै सामाजिक कार्यमा अनवरत रुपमा संलग्न रहदै आएको उत्सव संयोजक आई बहादुृर गुरुङले बताए ।


‘गाउँको र ल्होछारको अवसरमा उत्सवको आयोजना गरेका हौं,’ उनले भने, ‘बिगतका वर्षमा जस्तै सबैको सहयोग मिल्ने अपेक्षा गरेका छौं ।’
उनले उत्सवले पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण टेवा पुर्याएको उल्लेख गर्दै नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ को लक्ष्य प्राप्तिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे ।


सो उत्सबमा मौलिक झाँकी प्रदर्शनी, सांस्कृतिक तथा सांगितिक लाइभ कन्सर्ट, हास्य व्यङ्य प्रहशन, घरेलुु उत्पादन तथा स्थानिय हस्तकलाको प्रर्दशनी, कृषि सामाग्री प्रदर्शनी तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284