ताजा खबर

पुस ३ गतेबाट भदौरे पञ्चासे महोत्सव आयोजना हुने

   5:15 pm Thursday, December 12, 2019     

अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२औं भदौरे पञ्चासे महोत्सवको तयारी तिव्र पारिएको छ । यहि पुस ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने महोत्सव भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्र बनाईएको हो ।

भदौरे क्लव र भदौरे आमा समूहको संयुक्त आयोजनामा हुने महोत्सवको आकर्षणमा पुरुष भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, हास्य व्यंग्य प्रस्तुती, कोदोको परिकार, स्थानिय झाँकी तथा अर्गानिक कृषि प्रदर्शनी रहने भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले जानकारी दिए । उनी भन्छन्– ‘अवलोकनकर्तालाई गाउँको अवलोकन, कोदोको परिकार तथा होमस्टेमा रमाउन सक्नेछन् ।

पर्यटन प्रवद्र्धनलाई टेवा पुराउन यो महोत्सवले ठुलो भुमिका खेल्नेछ ।’ गाउँका युवालाई लागुपदार्थ दुव्र्यसनीबाट टाढा राख्न र खेलकुदप्रति आकर्षण बढाउन खेलकुदका विभिन्न कार्यक्रम हुने अध्यक्ष गुरुङ बताउँछन् ।


आन्तरिक पर्यटकलाई लोभ्याउनका लागि कोदोको परिकारका साथै होमस्टेको व्यवस्था रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले बताए । उनी भन्छन्– ‘यस गाउँपालिकालाई अघिल्लो वर्षदेखि ३ वर्षभित्रमा कोदोमा आत्मनिर्भर बनाउने ढंगले अगाडी बढिरहेका छौं । त्यही अनुरुप महोत्सवमा कोदोको १३ प्रकारका परिकारहरु विशेष आकर्षणमा रहनेछन् ।’


महोत्सवमा कुल खर्च ९ लाख ४० हजार र अनुमानित आम्दानी १२ लाख ९० हजार रहने महोत्सव संयोजक सन्तोष गुरुङले जानकारी दिए । पुरुष भलिवलमा अनुमानित ३० टिमको सहभागिता रहने र प्रथम हुने टिमलाई ७० हजार, दोश्रो हुने टिमलाई ४० हजार र सेमिफाईनलमा पुग्ने टिमलाई ५÷५ हजार नगद रकम पुरस्कार राखिएको संयोजक गुरुङले बताए । खेलकुदमा छेलो, रस्सा कस्सी तथा म्युजिकल चियर प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।


भदौरे गाउँ पोखरादेखि पश्चिम तर्फ ३० किलोमिटरको दुरीमा पञ्चासेको काखमा अवस्थित रहेको पर्यटकको एक आकर्षक गन्तव्य हो । यस गाउँबाट माछापुच्छ«े, हिमचुली, धौलागिरीलगाएतका हिम श्रृंखलाको दृष्य देख्न सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएको यस गाउँमा ब्राम्हण, क्षेत्री, दमै, कामी, सार्की, मगर, भुजेल, नेवार आदी जनजातीको पनि बसोबास रहेको छ । संस्कृतिको धनी यस गाउँमा पर्यटन प्रवद्र्धनका लागि होमस्टे तथा होटलको व्यवस्था छ ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284