
पूर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङको निधन, विभिन्न तमू संघ संस्थाद्धारा दुःख व्यक्त
पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख एवम् शिक्षाविद् प्राध्यापक गणेशबहादुर गुरुङको आज पोखरा नयाँ बजार स्थित आफनै निवासमा निधन भएको छ ।

गुरुङको आजै शव यात्रा सहित पोखरा रामघाटमा अन्त्येष्टि समेत गरिएको छ । उहाँको पार्थिव शरिरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, तमू धीं नेपालकी अध्यक्ष कर्म तमू,
गण्डकी प्रदेशका सांसद राजीव पहारी, पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डा.दिलबहादुर क्षेत्री, गुरुङ प्राज्ञिक मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्त कृष्णबहादुर गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भने तमू धीं नेपाल र चारभञ्ज्याङ तमू समाज पोखराले संस्थागत रुपमै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उहाँको निधनप्रति तमू धीं नेपाल, तमू ह्युल छोंज धीं, चार भञ्ज्याङ तमू समाज लगायत विभिन्न तमू संघ संस्थाले दुःख व्यक्त गरेको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उहाँ पछिल्लो समय घरमै बसेर उपचार गरिरहनुभएको थियो ।
को हुन गणेशबहादुर गुरुङ ?
जीवनको लामो समय शिक्षण पेशा र समाजसेवामा बिताउनु भएका गुरुङको जन्म बाबा शेरबहादुर गुरुङ र आमा पूर्णकुमारी गुरुङकी कोखबाट वि.सं. १९९५ साल कात्र्तिक १८ गते पहिलो सन्तानको रुपमा पर्वतको फलेबास नगरपालिका ८ लिमिठाना मौलामा भएको थियो ।

वि.सं. २०१७ सालमा पोखराको पुरानो टुँडीखेलमा सञ्चालित मल्टिपर्पस हाइस्कूलबाट एस.एल.सी.परिक्षा उत्र्तिण गर्नुभएका गुरुङले पोखराको पृथ्वीनारायण क्याम्पसबाट आइ.ए र काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बि.ए. उत्र्तिण गर्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट एम.ए.सम्मको अध्ययन गर्नुभएको थियो ।
अध्ययनकै क्रममा रहँदा उहाँले विभिन्न समयमा म्याग्दीको दरभाङस्थित जनप्रिय जुनियर हाइस्कूल तथा बाग्लुङको विनामारे प्रस्तावित हाइस्कूल, काठमाडौंको ठमेलमा अवस्थित सैनिक बोर्डिङ हाउसमा प्रधानध्यापक भई सेवा गर्नुभएको थियो ।

यसरी तत्कालिन कठिन परिस्थतीमा पनि उहाँले गुरुङको कूलमा जन्मेर उच्च शिक्षा हासिल गरि त्यहाँबाट प्राप्त ज्ञान देश र समाजको लागि अर्पण गर्नुभयो । वि.सं. २०२६ साल असार १६ गतेबाट उहाँले पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन सेवा शुरु गर्नुभयो ।
जागिर शुरु गर्दा मासिक रुपमा उहाँले ५९० रुपैंया तलब खादा पनि उहाँ पोखरामै सबै भन्दा बढी तलब खाने व्यक्तिको रुपमा चिनिनुभएको थियो ।
वि.सं. २०४० देखि ०४७ सालमा उहाँ पृथ्वीनारायण क्याम्पसको प्रमुख हुनभयो । यसरी २०२६ सालदेखि २०५९ सालसम्म ३३ वर्ष लामो समय उहाँले निरन्तर रुपमा प्राध्यापन गर्नुभयो ।
उहाँ पोखरा बहुमुखी क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक तथा चार भञ्ज्याङ क्षेत्रीय परियोजना एवम् तमू ह्युल छोंज धींको संरक्षक हुनुहुन्थ्यो । यस्तै तमू छोंज धींको संस्थापक अध्यक्ष तथा तमू धीं नेपालको प्रमुख सल्लाहकार समेत हुनुहुन्थ्यो ।
प्रवल गोर्खा दक्षिणबाहु दोस्रोबाट विभुषित भईसक्नु भएका उहाँले विभिन्न समयमा अमेरिका, रुस, बेलायत, फ्रान्स, हङकङ, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, बंगलादेश, भारत आदि देशको भ्रमण गर्नुभएको छ ।

वि.सं. २०२६ साल फागुन १६ गते ल्वाङ घलेल पुख्र्यौली घर भई चितवनको दिव्यनगर निवासी मिना गुरुङसँग विवाह गर्नुभएको गुरुङको ३ जना छोरीहरु रजनी, सन्ध्या र सिलशोभा तथा छोरा समिर गुरुङ हुनुहुन्छ ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08