ताजा खबर

पोखराका मगरहरुले ४२औं मगर एकाता दिवस मनाए

   १६ फाल्गुन २०८०, बुधबार १४:४३      466 views


मिना थापा
पोखरा, १६ फागुन


नेपाल मगर संघको स्थापना दिवसको अवसरमा मगर समुदायले ४२औं मगर एकता दिवस मनाएका छन् ।
संघको स्थापना दिवस (फागुन १५) लाई देश तथा विदेशमा रहेका मगर समुदायले एकता दिवसको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् ।


वि.सं २०३९ साल फागुन १५ गते तनहुँमा भएको सम्मेलनमा स्व. हेमबहादुर पुनको अध्यक्षतामा लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । त्यसैलाई आधार मानी हरेक मगर ममुदाय र सम्बन्धित संस्थाले उक्त दिनलाई एकता दिवसको रूपमा मनाउन थालिएको हो ।


यसैबीच नेपाल मगर संघ कास्कीको आयोजनामा मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएको छ । पोखरा सभागृहमा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक जातजातिका भाषा कला संस्कृति देशको राष्ट्रिय पहिचान भएकोले यसको जगेर्ना गर्न जरुरी रहेको बताउनुभयो । यसको लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको पनि उहाँले बताउनुभयो ।


जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख बासुदेव घिमिरेले समुदायको कला, संस्कृति, भेषभुषा संरक्षणमा सम्बन्धित समुदायले चासो लिनुपर्ने र राज्यले पनि जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, नेकपा एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्री, नेपाल मगर महिला संघका केन्द्रीय भाषिक उपाध्यक्ष फुलकुमारी थापामगर र नेपालमगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष पवित्रा थापामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रमको उद्घाटन अघि मानवअधिकार चोकबाट सुरु भएको झाँकी सहितको ¥याली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा पुगी औपचारिक कार्यक्रम गरिएको थियो ।


झाँकी सहितको ¥यालीमा नेपाल मगर संघ रामबजार इकाई प्रथम, चाउथे कमदमार्ग इकाई समिति द्धितीय, माटेपानी इकाई समिति तृतीय र अघौं, ढुङ्गेपाटन र सैनिक बस्ती इकाई समिति सान्त्वना भए । झाकी र्यालीमा कास्कीका ३३ वटा इकाइ समितिको सहभागिता रहेको थियो । कार्यक्रममा मगर समुदायमा प्रचलति कौरा, झ्याउरे, सोरठी लगायतको सांस्कृति नृत्यहरु प्रस्तुत गरिएको थियो ।


नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रबहादुर पुर्जामगरले स्वागत र सचिव लालबहादुर रानामगरले सञ्चालनमा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284