
पोखरामा कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ माथि परिचर्चा कार्यक्रम सम्पन्न
गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा पोखरामा मङगलबार कवि चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

कविता माथि परिचर्चा गर्दै कवि एवम अख्यानकार सरस्वती प्रतिक्षाले कवितामा जति सरलता छ उति नै गहनता पनि भएको बताउनु भयो । कविसँग कविताकै मित्रता रहेको भन्दै आफूले स्वतन्त्र भएर कविता माथि प्रशंसा र आलोचना दुवै गरेको बताउनु भयो ।
साथै उहाँले कविताले राजनितिक विचार बोक्न नसकेको सामाजमा घटने कतिपय विषय वस्तु माथि कवि टुलुटुलु हेरेर बसेको, कवि नितान्त कल्पनामा मात्रै डुबेको जस्तो आरोप समेत लगाउनु भयो । उहाँले कविको कल्पनाभित्र पनि यर्थाथ लुकेको र कविता लेख्नमा अथाह मेहेनत गरेको भन्दै कविको खुलेर प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि कवि एवम संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जब एउटा मान्छे हराउँछ कविता संग्रह पढेपछि आफूमा पनि पुनः युवा जोश र जाँगर पलाएर आएको बताउनुभयो । कवि जस्तै सरल कविता लेखेको भनेर कविको खुलेर तारिफ गर्नुभएका श्रेष्ठले मान्छे सरल हुन र उस्तै सरल कविता लेख्न दुवै अत्यन्तै कठिन काम भएको बताउनु भयो ।

कार्यक्रममा कवि चन्द्र गुरुङले आफू भाषणमा भन्दा लेखनमा बढी रमाउने व्यक्ति भएको भन्दै कार्यक्रममा आफनो दुई थान कविता सुनाउनु भएको थियो ।

कार्यक्रममा कवि प्रकाश आचार्य र लिली आधिकारीले जब एउटा मान्छे हराउँछ कविता कृतिबाट एक एक थान कविता वाचन गर्नुभएको थियो । गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26