
पोखरामा जारी तोनाग घोसुम पुजामा रुपन्देही र बाग्लुङबाट भक्तजनको सहभागीता
पोखरा १०, बुद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ(गोपाल) गुम्बामा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको चौथो दिन बुधवार रुपन्देही र बाग्लुङका भक्तजनहरुको विशेष सहभागीता रहेको थियो। पुजामा रुपन्देही, सिमरा गुम्बाको कार्यसमिति एवम् भक्तजनहरु र बाग्लुङ रेस गुम्बाका अध्यक्ष लगायत कार्यसमितिको विशेष सहभागीता रहेको हो।

रुपन्देही, बाग्लुङबाट आउनु भएका भक्तजनहरुसहित पोखराका भक्तजनहरुको बृहत सहभागीता रहेको कङ्ग्युर पाठ वाचन तथा पुजामा गुम्बा प्रमुख लामा आम्ची गोपाल गुरुङले बौद्ध दर्शनको पवित्र ग्रन्थ कङग्युर(त्रिपिटक), बौद्ध दर्शनका विविध पक्ष र तोनाग घोसुम पुजाको महत्वबारे प्रवचन दिनुभएको गुम्बाका लामा फुर्वाले जानकारी दिनुभयो।
पल टासी छ्योलिङ(गोपाल)गुम्बाद्धारा आयोजित कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिह्चमी(चेलीबेटी) सहयोगीको रुपमा रहने भएको छ।

विश्वमा घटिरहेका हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस्, वर्तमान असहज परिस्थिती अन्त्य भई दिगो शान्तिको कामना गर्दै फो ल्हो(मृग वर्ग) आगमनको अवसरमा पुस ८ गतेसम्म दैनिक बिहान ढोल्मा तारादेवीको पुजा र आयु पुजा, कङ्ग्युर पाठ वाचन, दिउसो कङ्ग्युर पाठ वाचन, कुरिम तथा महाकाल पुजा(ग्रहशान्ति पुजा) तथा ङोवा मोनलम(पितृ पुजा) गरिने गुम्बाका प्रमुख लामा आम्ची लामा गोपाल गुरुङले जानकारी दिनुभयो।यसरी नै पुस ९ गते गुरु रिम्पोछेको पुजा तथा तोनाघोसुम ग्रहशान्ति पुजा, दिउसो परमपुज्य टुल्कु धाम्छ्यो रिन्पोछेलाई स्वागत, लामा नृत्य(छ्याम) तथा तोनागघोसुम ग्रहशान्ति पुजा विर्सजन, पुस १० गते अन्तिम दिन नमो बुद्ध काभ्रेका परमपुज्य गुरु टुल्कु धाम्छ्यो रिन्पोछेबाट छेवाङ(अभिषेक)प्रदान गरिने कार्यक्रम रहको बताइएको छ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52