ताजा खबर

पोखरामा तीन वटा तमू संघ संस्था मिलेर ल्होसारको शुभकामना दिए

   ११ पुष २०७५, बुधबार १९:३३      3,051 views

तमूहरुको महान पर्व फो ल्होसारको अवसरमा आज पोखरामा तमूका तीन वटा संघसंस्थाले सामुहिक रुपमा शुभकामना आदनप्रदान गरेका छन । गुरुङ साहित्यिक मञ्च नेपाल, तमू सञ्चारकर्मी संघ कास्की र तमू कलाकार संघ कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले गीत, कविता, मुक्तक मार्पmत शुभकामना दिएका थिए ।

कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमूले तमूहरुको हरेक कार्यक्रममा तमू संघ संस्थाहरुको उत्तिकै सहकार्य र सहभागिता आवश्यक रहेको बताउनुभयो साथै उहाँले तमू संघ संस्थाहरुले गर्ने कार्यक्रममा तमू भाषा नै बढी मात्रमा प्रयोग गर्न जरुरी रहेको बताउनुभयो । यस्तै तमू सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति तमूले पोखरामा तमू संस्थाहरुले गर्ने ल्होसार लगायतका विभिन्न कार्यक्रमहरुमा तमू सञ्चारकर्मी संघ र तमू कलाकारहरुले उत्तिकै सघाउन जरुरी रहेको बताउनुभयो ।


यस्तै तमू कलाकार संघ कास्कीका अध्यक्ष दुर्गा तमूले तमूहरुले गर्ने कुनै पनि कार्यक्रममा तमू कलाकारहरुलाई प्राथमिकता दिन सबैसँग आग्रह गर्नुभयो । कार्यक्रममा तमू कलाकार संघ कास्कीका संस्थापक एवं लोकदोहोरी गायक शंकर विरही तमूले कलाकार, पत्रकार र साहित्यकारहरु राज्यबाट हेपाहमा पर्दै आएको भन्दै यीनिहरुको उत्थानको निम्ती सबै एकभएर अघि बढनुपर्ने बताउनुभयो ।


यस्तै तमूस्यो रि च्हमीका अध्यक्ष गौरी मिलन तमूले लोप उन्मुख अवस्थामा रहेको तमू भाषालाई सबैले प्रयोगमा ल्याएर बचाउनुपर्ने बताउनुभयो । कार्यक्रममा तेजबहादुर च्हाक्ली तमू, प्रतिमा तमू, तुलबहादुर तमू, सुरेन्द्र तमू लगायतले गीत, मुक्तक र कविता वाचन गरि ल्होसार शुभकामना दिएका थिए ।

यसैबीच तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा भोलिबाट पोखरामा हुने सामुहिक फो ल्होसार कार्यक्रम अन्तरगत पुस १४ गते दिनको १ बजे गुरुङ साहित्यिक मञ्च नेपाल र तमू प्ये ल्हु संघको संयोजनमा तमू र नेपाली भाषामा रचना वाचन गर्ने कार्यक्रम रहेको र कार्यक्रममा सहभागि हुनका लागि भारतको सिक्किम, काठमाडौ, चितवन, वुटवल लगायत पोखराका तमू कवि तथा स्रष्टाहरुले रचना वाचन गर्ने कार्यक्रम रहेको भन्दै सबैलाई कार्यक्रममा सहभागिताको लागि कार्यक्रम संयोजक एवं तमू प्ये ल्हु संघका केन्द्रिय महासचिव शान्ति तमूले आग्रह गर्नुभएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284