ताजा खबर

पोखरामा पनि आतिसवाजी सहित सागको शुभारम्भ

   १७ मंसिर २०७६, मंगलवार ०८:३०      1,042 views

पर्यटकीय नगरी पोखरामा पनि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को सोमबार आतिसवाजी सहित शुभारम्भ भएको छ ।

आइतबार काठमाण्डौंमा भव्य समारोहका बिच उद्घाटन भएको भोलि पल्ट ८ वटा खेल हुने पोेखरामा पनि काठमाण्डौंकै जस्तै गरी आतिसवाजी सहित उक्त खेलको शुभारम्भ गरिएको हो । उद्घाटनको अवसरमा मार्च पासमा सोनी गुरुङले नेपालको झण्डा बोकेकी थिइन्। उनले ट्राय्थलनमा पोखराबाट पहिलो स्वर्ण पदक दिलाएकी हुन्। ७ देशका खेलाडी एवं अफिसियलहरुलाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला सिंगारिएको छ ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त खेलको शुभारम्भ गर्दै पोखरामा हुने सागलाई भव्य रुपमा सफल पार्न आग्रह गरेकाछन्। उनले भने “ पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, यसमा हाम्रा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्नेमा हामी विश्वस्त भएका छौं, पोखरामा हुने खेल भव्य रुपमा सम्पन्न गर्न सवै क्षेत्रको सहयोगको अपेक्षा गरेका छौं । ” पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै गौरवको बिषय भएको उनले बताए ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेशकुमार शिल्वालले अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता १३ औं साग आफ्नो कार्यकालमा सम्भाव भएको दाबी गरे । ”राखेप सदस्य राजेश कुमार गुरुङले छोटो समयका बाबजुत खेलकुदका धेरै भौतिक पुर्वाधार निर्माण भएको बताउदै यसमा केही गल्ती हुन सक्ने जनाए ।

उद्घाटनको अवसरमा विभिन्न जनजातिको भेषभुषा भल्कने भेषभुषा सहित ७ राष्ट्रका खेलाडीहरुले आफ्नो झाण्डा सहित मार्च मास गरेको १३ औं साग डिपुटी सेफ दी मिसन तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेका तेज बहादुर गुरुङले बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरामा हुने १३ औं सागलाई सफल पार्न सवैमा आग्रह गरे ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284