पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पाइलट राजु नेपालीको ज्यान गयो
कास्की – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । दुर्घटनामा यात्रु घाइते भएका छन् ।

प्याराग्लाइडिङ दुर्घटनामा पोखरा महानगरपालिका २८ को कालिकाका ३८ वर्षीय राजु नेपालीको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यात्रु काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका २ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएको र उहाँलाई थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको छ ।
श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ । फेवातालको सिरान खपौदी क्षेत्रमा दिउँसो १ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38