ताजा खबर

पोखरामा प्रदेश स्तरीय दुईदिने खेमा लिपि प्रशिक्षण सुरु

   २३ चैत्र २०७५, शनिबार ०९:५८      3,019 views

गुरुङ जातिमा प्रचलित खेमा लिपिको गण्डकी प्रदेशस्तरीय दुई दिने प्रशिक्षण पोखरामा सुरु भएको छ । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, गण्डकी प्रदेश समितिको आयोजनामा आजदेखि सो प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षणको उद्घाटन गर्दै परिषद्का केन्द्रीय उपाध्यक्ष ले. यामबहादुर गुरुङले गुरुङ भाषा र लिपिको संरक्षणका लागि देशव्यापी रुपमा प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यतालिका बनाएर सबै जिल्ला र स्थानीय तहमा खेमा लिपिको प्रशिक्षण आवश्यक रहेको बताउँदै उहाँले भाषा, लिपिको संरक्षणमा युवा पुस्ताले विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।


आगामी असोजमा महिनामा परिषद्को आयोजनामा अन्तर्राष्ट्रिय तमु सम्मेलन गर्न लागेको जानकारी दिँदै उपाध्यक्ष गुरुङले कास्की ऐतिहासिक तमुवानको केन्द्र भएकाले कास्कीबाटै भाषा, लिपि संरक्षण र विकासको सुरुवात गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । संघीयताको मूल मर्म अनुसार स्थानीय सरकार र प्रदेश सरकारले गुरुङ भाषालगायतका मातृभाषाहरूलाई सरकारी कामकाज र शिक्षामा प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

माछापुच्छ«े गाउँपालिका, कास्कीका अध्यक्ष कर्णबहादुर गुरुङले सबैले बुझ्ने गरी गुरुङ भाषा र लिपिलाई सरलीकृत र परिष्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । स्थानीय तहहरूमा आधारभूत तहको शिक्षा गुरुङ भाषालगायतका मातृभाषामा दिन सकिने धारणा व्यक्त गर्दै अध्यक्ष गुरुङले औपचारिक कार्यक्रमहरू आफ्नै मातृभाषामा चलाउनुपर्नेमा जोड दिनुभयो ।


शनिबारसम्म सञ्चालन हुने प्रशिक्षणमा गुरुङ भाषा तथा खेमा लिपिका प्रशिक्षक भीम गुरुङले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षणमा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका झण्डै ५० जना प्रशिक्षार्थी सहभागी छन् । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, गण्डकी प्रदेश समितिका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुमार गुरुङ र उपाध्यक्ष दिलमाया गुरुङले स्वागत गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284