ताजा खबर

पोखरामा फिच्यो चलचित्रको भव्य प्रदर्शन

   १ चैत्र २०७६, शनिबार २०:५६      2,038 views

गुरुङ भाषा र संस्कृति बोकेको चलचित्र फिच्यो अर्थात कान्छी आज पोखराको बाराही चलचित्र मन्दिरमा भव्यताका साथ प्रदर्शन भएको छ ।

देशमा आएको राजनीतिक परिवर्तनसँगै विकास र अधिकारको कुरामा जनता पनि सचेत हुँदै अघि बढनुपर्छ भन्ने सन्देश दिन खोजिएको यस चलचित्रले पछिल्लो समय घलेहरुबीच गुरुङ कि घले भन्ने विषयमा चलेको बहसलाई समेत उठान गरेको छ ।


युवाहरु सचेत भएर आफनै गाउँ ठाउँमै परिश्रम गरयो भने गाउँको मुहार फेर्न अरुको मुख ताक्नु पर्दैन भन्ने सन्देश पनि चलचित्रले दिन खोजिएको छ ।


रेड ओसियन इन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्रलाई विकास घले गुरुङले लेखन तथा निर्देशन गर्नुभएको छ । सोम गुरुङको सह–निर्देशन रहेको चलचित्रमा विश्वास गुरुङ र काशी घले (इन्द्र) को मुख्य अभियन रहेको छ भने टिकाराम घले, सु.मन्त्रीजंग गुरुङ, सितादेवी गुरुङ, डि.बी, कल्याण थापा मगर, विरुप घले, कृष्ण गुरुङ, पेम्बा छिरिङ शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा शान्ति गुरुङ, सु.मन्त्रीजंग गुरुङ, बुद्धिमाया गुरुङ र अभिनास माङसुम रहनुभएको छ । लमजुङको क्होंला सोंथर गाउँपालिका वडा नं.८ तामु गाउँमा चलचित्रको छायांङकन गरिएको हो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284