
पोखरामा फेवा नव वर्ष महोत्सव सुरु
होटल संघ पोखरा नेपालको आयोजनामा बुधबारबाट पोखराको लेकसाइडमा १७ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर आरम्भ भएको महोत्सव विहीबारसम्म चल्ने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय अम्बोटमा महोत्सवको उद्घाटन गरेका थिए ।
यसअघि खहरे र ड्यामसाइडबाट सुरु भएका झाँकी सहितका र्याली उद्घाटनस्थल पुगेका थिए । फिस्टेल गेटदेखि हल्लनचोक विचको सडकमा आयोजित महोत्सवका दुवै दिन लोक दोहोरी र पप संगीतका कार्यक्रम रहने छन् ।
अम्बोट र सेन्टर प्वाइन्टमा स्थापित स्टेजहरुमा यी कार्यक्रम सञ्चालन हुने छन् । निशुलक प्रवेश सहित सडकमा आयोजित महोत्सव अन्तर्गत होटलको ट्यारिफमा संघले ३० प्रतिशत छुटको व्यवस्था गरेको छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिइएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको पर्यटनमा चार खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिए । कोभिड– १९ बाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित हुन पुगेको पनि उनले स्मरण गराए । यसैगरी पोखरामा मात्र यस क्षेत्रमा १५ हजार रोजगारी रहेको र पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको तथ्यांक पनि उनले सुनाए । पोखरामा नयाँ विमानस्थल संचालनमा आएपछि थप पर्यटक आउने आशा व्यक्त गर्दै उनले यसको काम समयमा नै सक्न सरकारसँग आग्रह गरे ।
होटल संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनायक शाहले नेपालमा विदेशी मुद्रा भित्र्याउन बढी भन्दा बढी पर्यटक ल्याउन जरुरी भएको भनाई राखे । सरकारले कतिपय वस्तुको आयात रोक्दा पर्यटकलाई सेवा दिन समस्या परेकोतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए । मुख्य प्रायोजक अन्नपूर्ण केवलकार प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले पर्यटनको विकासका लागि आपसी सहकार्य महत्वपूर्ण हुने भन्दै उक्त केवलकार चढेर आनन्द लिन स्थानीय तथा पर्यटकलाई आग्रह गरे ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26