ताजा खबर

पोखरामा मनाइँयो ३१ औं मगर भाषा प्रसारण दिवस, शिक्षालाई जोड दिन नसक्दा पछाडि पर्यौंः सांसद गाहामगर

   १ भाद्र २०८२, आईतवार २१:०५      487 views

पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।

रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।
मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई सम्मान समेत गरेको छ ।


सञ्चारकर्मी आले र सारुमगरलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगर, मगर संघ गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरले सम्मानपत्र, फेटासहित सम्मान गरे ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा हर्क आलेमगर २०५१ साल र खेम सारुमगर २०५३ सालदेखि कार्यरत हुनुहुन्छ । उहाँहरुले मगर भाषामा समाचार तथा कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ ।


रेडियो नेपालमा २०५१ साल भदौं १ गते देखि मगर भाषासहित ९ वटा मातृभाषामा समाचार प्रसारण भएको थियो ।
मगर प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनपछि बौल्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले मगर समुदायले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा पछाडि परिरहेको बताउनुभयो ।
‘हामी शिक्षा र चेतनाको अभावले पछाडि परिरहेका छौं, शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा नै हामी पछि परिरहेका छौं, सांसद गाहामगरले भन्नुभयो, ‘समुदायमा जनचेतना वृद्धि गर्न हरेक क्षेत्रमा अगाडि बढ्न मगर समुदायले अब शिक्षालाई प्राथमिकतामा दिन आवश्यक छ ।’
सांसद गाहामगरले सामाजिक क्षेत्रमा सक्रियता बढाउन नसक्दा सरकारले गरिरहेको कामको बारेमा समुदायले त्यसको बारेमा जानकारी लिन नसकेको समेत बताउनुभयो ।
‘अहिले सरकारले हरेक क्षेत्रमा काम गरिरहेको छ, तर हाम्रो हाम्रो समुदायबाट सामाजिक क्षेत्रमा चासो र सक्रियता हुन नसक्दा भइरहेको काम बारे जानकारी लिन सकिरहेका छैनौं, उनले भने, ‘समाजको विकासका निम्ति सबैले सामाजिक क्षेत्रमा चासो राख्न जरुरी छ ।’ उनले गण्डकी प्रदेशमा सरकारी कामकाजको लागि मगर र गुरुङ भाषासम्बन्धी बनेको विद्येयक प्रमाणिकरण भइसकेकाले कार्यान्वयनका लागि सबैको साथ सहयोग रहेको बताउनुभयो ।


३१ औं मगर प्रसारण दिवसको अवसरमा सम्मानित भएका आले र सारुमगरले मगर समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।
‘५१ साल ९ वटा मातृभाषामा एकैपटक समाचार प्रसारण भएको थियो, उहाँहरुले भन्नुभयो, ‘नेपाल बहुभाषिक र बहुजाति भएको देशमा सरकारको यो निर्णय भाषा,कला र संस्कृति संरक्षणको लागि महत्वपूर्ण भुमिका खेलेको छ, यसमा हामीले सबैले चासो देखाउन आवश्यक छ ।’
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगरले गण्डकी प्रदेश सरकारले कामकाज भाषाको रुपमा मगर र गुरुङ भाषालाई प्रयोग गर्न बनेको विद्येयक प्रमाणिकरण भइसकेको भन्दै कार्यान्वयनका लागि सबै एकजुट हुन आवश्यक रहेको बताईन् ।


नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आदिवासी समुदायको संस्कृति संरक्षणसँगै हरेक क्षेत्रमा पत्रकारहरुले कलम चलाउँदै आएको बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका इन्चार्ज रुद्र श्रीस मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, मगर संघ सराङकोट इकाई समितिका अध्यक्ष सञ्जिव थापा मगर लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षता, उपाध्यक्ष प्रविण थापा मगरको स्वागत र कार्यवाहक सचिव बलबहादुर रोकामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284