ताजा खबर

पोखरामा यु–१८ आइटीएफ टेनिस जारी

   २३ माघ २०७५, बुधबार ०७:०२      2,482 views

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिता जारी छ । जारी प्रतियोगितामा मंगलबार पुरुष तथा महिलातर्फ पहिलो चरणका सिंगल, डबल्सका विभिन्न खेलहरु सम्पन्न भए ।

महिलातर्फ नेपालका अभिलाषा विष्टले सिंगल तथा डबल्स दुवैमा जित हाँसिल गरिन् । सिंगलमा उनल अमेरिकाका माहिका गुप्तालाई ६–२, ७–५ को सेटमा पराजित गरिन् भने डबल्सतर्फ श्रीलंकाका अञ्जलीका कुरेरालाई पार्टनर बनाएकी विष्ट जोडीले भारतका इनिका रेडि पेसारा र नेपालका अल्सा रेग्मीको जोडीमाथि ६–०, ६–१ को नतिजा निकालेकि हुन् ।

पुरुषतर्फ नेपालका इभ्याक जोशि भारतका अनमोल जैन पंकजसंग ६–०, ६–० को सोझो सेटमा पराजित भए । पुरुषतर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा कोरियाका जुविन किमले चाइनाका हाव डुवानलाई ४–६, ७–६ र ६–२ को सेटमा पराजित गरे ।

भारतका इशान सेठीले कोरियाका सङ्ग ह्युन लीलाई ६–१, ६–१ ले, भारतकै उदयबिर सिङले अमेरिकाका हनु पटेललाई ६–४, ६–४ ले,जापानका जेनी इनोकले थाइल्याण्डका पविन जिरापुम्देजलाई ६–३, ६–४ ले, जापानका केइजु मियाकले भारतका अर्जुन गोहाडलाई ६–०, ६–० ले पराजित गरे ।

त्यसैगरि महिला एकलतर्फको खेलमा नेपालकी प्रेरणा कोइराला भारतकी अमिक किरण बाथसंग ६–२, ६–३ ले पराजित हुन पुगिन् । नेपालकै सलोनी तामाङ्ग चाइनाकी जिछुन जेङसंग ६–४, ४–६ र ६–४ को प्रतिस्प्रधात्मक सेटमा पराजित भइन् । जारी प्रतियोगितामा दोश्रो नम्बर सिडिङ्ग पाएकी ताइवानकी स्किया कुङ्ग भारतकी मैत्री दिक्षा राउतसंग ६–३, ०–६ र ६–१ ले पराजित भइन् ।

महिलातर्फकै एकलमा श्रीलंकाकी अञ्जलीका कुरेराले भारतकी हिमाद्री अश्यपलाई ६–२, ६–१ ले, भारतकै रिनी सिङले जापानकी रिसा ओनोलाई ६–२, ७–५ ले, बुल्गेरियाकी भिक्टोरिया भेलेभाले भारतकी बन्हि पाञ्चललाई ६–२, ६–२ ले, ताइवानकी लि हसिन लिनले भारतका सानया नैकलाई ६–०, ६–२ ले, भारतकी रिया बोभेजाले चाइनाकी युजुहान लुओलाई ७–५, ७–५ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

पुरुषतर्फको डबल्समा भारतका उदयबिर सिङ र फिलिपिन्सका जोसे एन्टोनियोको जोडीले भारतका अनुराग अग्रवाल र आदित्य बरदान रायको जोडीलाई ०–६, ७–५ र सुपरटाईमा १०–६ ले, जापानका जेनी इनोक र हङकङकका केल लोक इन ताङको जोडीले श्रीलंकाका दिलभान हेराथ र कभिशा रत्जनाइकेको जोडीलाई ६–१, ६–१ ले, भारतका जेराल यासिन र मलेशियाका जियान कोङ्ग ताकेशिको जोडीले नेपालका सम्रक्षक भुषण बज्राचार्य र इभ्याक जोशिको जोडीलाई ६–२, ६–० ले, भारतका अर्जुन गोहाड र फैज नैश्यामको जोडीले थाइल्याण्डका पोस्वात अकर्पन र पाविन जिरापुम्दाजको जोडीलाई ४–६, ७–५ र सुपरटाईमा १०–४ ले पराजित गर्दै दोश्रो चरणमा स्थान सुरक्षित पारेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284