ताजा खबर

पोखरामा लोकतान्त्रिक तमू संघ गण्डकीको ल्होसार कार्यक्रम सम्पन्न

   १० पुष २०८१, बुधबार १९:२१      105 views

पोखरा

नेपाल लोकतान्त्रिक तमू संघ गण्डकी प्रदेश समितिको आयोजनामा आज पोखरामा तमू ल्होसारको अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लोकतान्त्रिक तमू संघका संस्थापक अध्यक्ष तथा नेकपा एमाले गण्डकी प्रदेश इञ्र्चाज किरण गुरुङले गुरुङहरुको मौलिक संस्कार र संस्कृति जोगाएर अब आउने नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । गुरुङ जातिको असली पहिचान भनेकै मौलिक संस्कृति हो भन्दै उहाँले अहिले नयाँ संस्कृति अपनाउने बहानामा संस्कृतिमा विकृति भित्रिदै जानु दुःखद रहेको बताउनु भएको छ ।


एक अर्को प्रसंगमा बोल्दै उहाँले अहिले विभिन्न क्षेत्रमा सामाजिक अपराधहरु बढी रहेको भन्दै समाजमा ठगी गर्ने अपराधीहरु जोसुकैको भएपनि नछोड्ने बताउनु भयो ।


कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष मीना गुरुङले लोपहुँदै गएको संस्कृतिहरुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।


नेपाल लोकतान्त्रिक तमू संघ गण्डकी प्रदेशका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुमाया गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा डविन गुरुङ, उषा गुरुङ लगायतको कलाकारहरुले गीत प्रस्तुत गर्नुभएको थियो भने हिमाली साँस्कृतिक परिवारका कलाकारहरुबाट विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284