ताजा खबर

पोखरामा व्यवस्थित पार्किङको लागि सुझाव संकलन सुरु

   ७ फाल्गुन २०७७, शुक्रबार २०:१८      796 views

पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागि उद्योगी/व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ ।

संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानको उपाय खोज्ने उदेश्यले सुझाव संकलन थालिएको बताए ।

पोखरा उद्योग वाणिज्य संघले यसअघि पोखराको फुटपाथमा हुने अनधिकृत व्यापार हटाउन खेलेको भूमिकाको स्मरण गर्दै अध्यक्ष कोइरालाले अहिले देखिएको समस्या समाधानको लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्न संघ तयार भएको बताए ।


उनले व्यवसायीले दिएका सुझावहरुमो आधारमा संघले आफ्नो धारणा बनाउने र समस्या सल्टाउन महानगरलाई आग्रह गरिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष तथा फुटपाथ तथा बजार व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेलले अव्यवस्थित पार्किङका कारण पोखराले आफ्नो सुन्दरता पनि गुमाएको र व्यवसायमा पनि ठूलो असर पु¥याएको चर्चा गर्दै व्यवस्थित पार्किङको लागि नै कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा सुझाव दिने क्रममा व्यवसायी लक्ष्मण श्रेष्ठले पार्किङ शुल्क लिने गरी कार्डको व्यवस्था गर्न तथा सडकको एकातिर गाडी र अर्कोतिर मोटरसाइकल पार्किङ गर्दा राम्रो हुने बताए ।

व्यवसायी शेषकान्त ढकालले दोकान अगाडि सामान झार्दा र लैजाँदा पनि पार्किङ शुल्क माग्ने गरिएको बताउँदै स्थायी पार्किङ स्थल निर्माण हुनुपर्नेमा जोड दिए ।

व्यवसायी चन्द्रेश्वर बस्ताकोटीले मोटरसाइकलमा डुलेर पार्किङ शुल्क उठाउने गरिएको बताउँदै एक–एक घण्टामा पार्किङ शुल्क लिने परिपाटी गलत भएको बताए । संघका पूर्व उपमहासचिव रामजी बास्तोलाले पार्किङ शुल्क व्यवहारिक हुनुपर्नेमा जोड दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284